नयाँ रेनो डस्टरको तयारी

रेनोले चाँडै नै आफ्नो बहुप्रतिक्षित मध्यम आकारको एसयूभी, नयाँ पुस्ताको रेनो डस्टर भारतमा लन्च गर्ने तयारी गरेको छ। यसको मूल्य आगामी महिनामा सार्वजनिक गर्ने बताइएको छ।

नयाँ रेनोको हाल परीक्षण भइरहेको छ । रेनो डस्टरमा पूर्ण रूपमा नयाँ बाहिरी डिजाइन, ड्युअल-टोन अलोय ह्विल, नयाँ फ्रन्ट र रियर बम्पर, सुधारिएको रेनो लोगो, वाई आकारको एलईडी डीआरएल र टेल लाइट, स्किड प्लेट, नयाँ ग्रिल, कालो छानाको रेल र ओआरभीएम, साथै टेलगेटमा आकर्षक ‘डस्टर’ अक्षर देखिने अपेक्षा गरिएको छ।

यसको इन्टेरियरमा समेत नयाँपन देखिनेछ। एसी भेन्टमा वाई आकारको डिजाइन, नयाँ तीन स्पोक स्टेयरिङ ह्विल, फ्लोटिङ टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, पूर्ण डिजिटल कलर ड्राइभर डिस्प्ले र आधुनिक सेन्टर कन्सोल हुने अनुमान गरिएको छ ।

भारतमा नयाँ रेनो डस्टरले मारुती ग्रान्ड भिटारा, हुन्डाई क्रेटा, टाटा नेक्सन, किया सेल्टोस, स्कोडा कुशाक, फक्सवागन ताइगुन, एमजी एस्टर र टोयोटा अर्बन क्रूजर हाईराइडरसँग प्रतिस्पर्धा गर्नेछ। कम्पनीले यसलाई मध्यम आकारको एसयूभी सेग्मेन्टमा एक बलियो विकल्पका रूपमा प्रस्तुत गर्ने तयारी गरेको छ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...