१ वर्षमै १४९९ निसान म्याग्नाइट नेपाली सडकमा, किन्न चाहनेले पाउन अझै केही महिना कुर्नुपर्ने
गत वर्षको फेब्रुअरी २२ अर्थात फागुन १० गते नेपाली बजारमा सार्वजनिक गरिएको...
भारतमा निसान र रेनोको सहकार्य अझै बलियो हुने भएको छ । निसान र रेनोले २ वटा इलेक्ट्रिक कारसहित ६ वटा नयाँ मोडल लन्च गर्ने घोषणा गरेको छ । यसका लागि दुवै कम्पनीले ५ हजार ३ सय करोड भारु लगानी गर्ने भएका छन् ।
दुवै कम्पनीले संयुक्त प्लेटफर्ममा ३ वटा नयाँ मोडल निर्माण गर्नेछन् । साथै ४ नयाँ सी–सेगमेन्ट एसयूभी समावेश गर्नेछ । दुई नयाँ ए सेगमेन्ट इलेक्ट्रिक कार भारतमा रेनो र निसानको पहिलो ईभी हुनेछ ।
निसान ग्लोबलका प्रमुख अपरेटिङ अफिसर तथा एलायन्स बोर्डका सदस्य अश्विनी गुप्ताले कम्पनीको पहिलो उत्पादन सन् २०२५ सम्ममा लन्च हुने जानकारी दिएका छन् । सो एसयूभीलाई द्रुत गतिका कारलाई मध्यम आकारको ‘सी सेगमेन्ट’मा राखिनेछ भने २ वटा इलेक्ट्रिक कारलाई सानो ‘ए सेगमेन्ट’ श्रेणीमा राखिने उनले बताए ।
हाल दुवै कम्पनीले चेन्नई प्लान्टमा ४ वटा मोडल उत्पादन गर्छन् । कम्पनीले चेन्नई प्लान्टलाई ४९ प्रतिशतबाट ८० प्रतिशत पु¥याउनेछ । निसानले चेन्नई प्लान्टमा क्षमता विस्तार गर्ने कुनै योजना नभएको बताएको छ ।
कम्पनीले सन् २०४५ सम्ममा शतप्रतिशत नवीकरणीय ऊर्जामा ध्यान दिनेछ । चेन्नई प्लान्टले यसको ५० प्रतिशतभन्दा बढी बिजुली नवीकरणीय ऊर्जाबाट उत्पादन गर्छ । कम्पनीले विगत १४ वर्षदेखि आफ्नो टोली र डिलरसँग मिलेर रेनो ब्रान्डको विकास गरिरहेको जानकारी दिएको छ ।
गत वर्षको फेब्रुअरी २२ अर्थात फागुन १० गते नेपाली बजारमा सार्वजनिक गरिएको...
सवारीसाधनमा प्रयोग हुने गियर बक्स मुलत म्यानुअल र अटोमेटिक गरी दुई...
काठमाडौं – मेगा मोटर्सले आज एकै दिन १७ युनिट निसान गाडी ग्राहकलाई...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...