नयाँ लोगो सहित अपडेटेड रेनो क्विड लन्च
रेनो इन्डियाले भारतीय बजारमा अपडेटेड क्विड लन्च गरेको छ। यसको प्रारम्भिक...
रेनोले भारतीय बजारका लागि आफ्नो लोकप्रिय ह्याचब्याक क्विडको फेसलिफ्ट संस्करण ल्याउने तयारी तीव्र पारेको छ। मिडिया रिपोर्टका अनुसार नयाँ संस्करण लन्च हुनुअघि परीक्षणका क्रममा सडकमा देखिएको छ, जसले कम्पनीले चाँडै नै यसलाई बजारमा उतार्ने संकेत दिएको छ।
परीक्षणका क्रममा देखिएको गाडीको फ्रन्ट, कम्पनीको लोगो तथा टेलल्याप पूरै ढाकिएको अवस्थामा थिए। यसले मुख्य परिवर्तन इन्टेरियरमा केन्द्रित हुने अनुमान गरिएको छ। विशेषगरी फ्रन्ट ग्रिल, हेडलाइट तथा टेललाइटमा नयाँ डिजाइन देखिन सक्ने सम्भावना छ।
हाल उपलब्ध रेनो क्विडमा १.० लिटर क्षमताको पेट्रोल इन्जिन प्रयोग गरिएको छ, जसले ६९ पीएस शक्ति र ९२.५ एनएम टर्क उत्पादन गर्छ। सो इन्जिन ५ स्पिड म्यानुअल तथा अटोमेटिक म्यानुअल ट्रान्समिसन विकल्पमा उपलब्ध छ। नयाँ फेसलिफ्ट संस्करणमा पनि यही इन्जिनले निरन्तरता पाउने अपेक्षा गरिएको छ।
सुविधाको हिसाबले क्विडमा १८४ एमएम ग्राउन्ड क्लियरेन्स, एलईडी डे टाइम रनिङ लाइट, पावर विन्डो, रिमोट किलेस प्रवेश सिस्टम, स्टेयरिङ माउन्टिड कन्ट्रोल, २०.३२ सेन्टिमिटरको इन्फोटेनमेन्ट सिस्टम, एबीएस, ईबीडी, एयरब्याग, रिभर्स पार्किङ सेन्सर, रियर भ्यु क्यामेरा तथा हिल स्टार्ट असिस्ट जस्ता सुविधा उपलब्ध छ ।
कम्पनीले आधिकारिक रूपमा लन्च मिति सार्वजनिक नगरे पनि नयाँ रेनो क्विड फेसलिफ्ट २०२६ को मध्यसम्ममा लन्च गर्ने अनुमान गरिएको छ। नयाँ डिजाइन र प्रविधिसहित आउने सो संस्करणले बजेट ह्याचब्याक सेग्मेन्टमा पुनः प्रतिस्पर्धा चर्काउने अपेक्षा गरिएको छ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...