भारतमा सार्वजनिक भयो रेनो काइगर, नेपालमा पनि केही समयमै उपलब्ध हुने

रेनो काइगर एसयूभी भारतमा वर्ल्ड प्रिमियरको रुपमा सार्वजनिक गरिएको छ । बी–एसयूभी सेगमेन्टको सो कारमा १.० लिटर नेचुरल्ली एस्पिरेटेड पेट्रोल इन्जिन र १.० लिटर टर्बो चार्ज्ड पेट्रोल इन्जिनमा उपलब्ध हुनेछ ।

यी इन्जिनले क्रमशः १०० र ७२ पीएस पावर तथा १६० र ९२ एनएम टर्क जेनेरेट गर्छन् । ग्राहकले ५–स्पिड म्यानुअल, ५–स्पिड अटोमेटिक र सीभीटी ट्रान्समिसनको विकल्प प्राप्त गर्न सक्ने छन् ।

रेनो काइगर सीएफएम–प्लेटफर्ममा कार्य गर्नेछ । यसले किया सोनेट, हुन्डाई भेन्यु, सुजुकी भिटारा ब्रेजा र टाटा नेक्सन जस्तै बी–एसयूभी गाडीहरुसँग प्रतिस्पर्धा गर्नेछ ।

यसको ग्रिलको डिजाइन रेनोका अन्य गाडी जस्तै छ । यद्यपि यसको स्लिक एलईडी हेडल्याम्प र आइस क्युब फगल्याम्पले यसलाई हेर्दा नै फरक बनाएको छ । यसमा फंक्सनल रुफ रेल, १६ इन्चको अलोय ह्विल, साइडमा ब्ल्याक क्लेडिङ र स्प्लिड सी–आकारको टेलल्याम्प उपलब्ध छ ।

रेनो काइगरमा बेस्ट इन क्लास बुट स्पेस दिइएको छ । त्यसैगरी यसको ग्राउन्ड क्लियरेन्स २१० एमएम छ । त्यसैगरी ७ इन्चको इनफोटेनमेन्ट सिस्टम, अल ब्ल्याक ड्यासबोर्ड र फुल्ली डिजिटल ड्राइभ डिस्प्ले दिइएको छ ।

काइगरमा राम्रो राइडिङ अनुभवका लागि इको, नर्मल र स्पोर्ट गरी तीन ड्राइभिङ मोड उपलब्ध छ । यसको लम्बाई ३.९१ मिटर छ भने ह्विलबेस २.५ मिटरको छ ।

रेनोको यो कारले रेनो ब्रान्ड भ्याल्युलाई एक कदम अगाडि बढाउने विश्वास गरिएको छ । एसयूभी सेगमेन्टमा रेनोको उपस्थितिलाई मजबुत बनाउनका लागि यसले भूमिका खेल्ने छ ।

यसको मूल्य र अन्य जानकारी भने अहिले सार्वजनिक गरिएको छैन । यही वर्षको पहिलो त्रैमासिकमै सो एसयूभी लन्च हुने अनुमान गरिएको छ ।

लन्च पश्चात नेपाली बजारमा पनि सो एसयूभी छिट्टै नै उपलब्ध हुने रेनोको नेपालका लागि आधिकारिक वितरक एड्भान्स्ड अटोमोबाइल्सले जनाएको छ ।

 

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...