अपग्रेड भएर आयो रेनो काइगर, यस्तो छ विशेषता

रेनो इन्डियाले आफ्नो लोकप्रिय कम्प्याक्ट एसयूभी काइगरको फेसलिफ्ट लन्च गरेको छ। नयाँ काइगरमा पहिलेभन्दा आकर्षक डिजाइन, प्रिमियम सुविधा र थप सुरक्षा प्रदान गरेको दाबी गरिएको छ।

२०२५ काइगर फेसलिफ्टको फ्रन्टमा नयाँ डिजाइन गरिएको बम्पर, सिल्भर स्किड प्लेट, एलईडी हेडल्याम्प र फग ल्याम्प उपलब्ध छ । यसको रियरमा पनि परिवर्तन गरिएको छ । यसमा पुनः डिजाइन गरिएको बम्पर र स्मोक्ड टेललाइट समावेश छ । यसबाहेक १६ इन्चको डायमन्ड–कट अलोय ह्विल र सी–पिलरमा नयाँ ग्राफिक्स पनि थपिएको छ।

काइगर फेसलिफ्ट अथेन्टिक, इभोलुसन, टेक्नो र इमोशन गरी चार भिन्न ट्रिममा ल्याइएको छ । यसको क्याबिन पनि परिवर्तन गरिएको छ। यसको ड्यासबोर्ड, लेदर सिट र भेन्टिलेटेड फ्रन्ट सिटले प्रिमियम अनुभूति दिलाउँछ । ८ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टममा वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले जडान गर्न सकिन्छ। यसमा ३६० डिग्री क्यामेरा, अटोमेटिक हेडल्याम्प, रेन सेन्सिङ वाइपर र वायरलेस चार्जर जस्ता सुविधा पनि समावेश छ । यसमा ४०५ लिटरको बुट स्पेस पनि छ ।

यद्यपि यसको इन्जिनमा भने कुनै परिवर्तन गरिएको छैन। यसमा १.० लिटर नेचुरली एस्पिरेटेड पेट्रोल र १.० लिटर टर्बो–पेट्रोल इन्जिन उपलब्ध छ । दुबैमा ५ स्पिड म्यानुअल, एएमटी वा सीभीटी गियरबक्सकाे विकल्प छ ।

यसको सबै भेरिएन्टमा अब ६ एयरब्याग समावेश छ । इलेक्ट्रोनिक स्टेबिलिटी प्रोग्राम, हिल स्टार्ट असिस्ट, टायर प्रेसर मोनिटरिङ सिस्टम र रियर पार्किङ सेन्सरसहित २१ वटा सेफ्टी फिचर थपिएको छ। यसमा २०५ एमएम ग्राउन्ड क्लियरेन्स र ५० किलोग्राम भार बोक्न सक्ने रूफ रेल पनि उपलब्ध छ ।

नयाँ रेनो काइगरले टाटा नेक्सन, मारुती ब्रेजा, हुन्डाई भेन्यु, किया सोनेट, महिन्द्रा एक्सयूभी ३एक्सओ, टोयोटा टेसर र स्कोडा कुशाक जस्ता एसयूभीसँग प्रतिस्पर्धा गर्नेछ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...