नयाँ लोगो सहित अपडेटेड रेनो क्विड लन्च
रेनो इन्डियाले भारतीय बजारमा अपडेटेड क्विड लन्च गरेको छ। यसको प्रारम्भिक...
फ्रेन्च अटो निर्माता रेनोले भारतमा उत्पादन गरेको काइगर एसयूभी नेपाल भित्रिएको १ वर्ष पुरा भएको छ । अघिल्लो वर्षको असार अन्तिममा नेपाल आएको यो एसयूभीले सव कम्प्याक्ट एसयूभी सेग्मेन्टमा सवैभन्दा सस्तो गाडीका रुपमा परिचय वनाएको थियो । लन्च हुँदा यसको मूल्य २८ लाख ४९ हजार रुपैयाँदेखी शुरु भएको थियो । जुन अहिले वढेर ३० लाख पुगिसकेको छ ।
निशान म्याग्नाइटको प्रतिस्पर्धीका रुपमा लिइएको यो एसयूभी इन्ट्रि लेभल एसयूभी पारखीमाझ लोकप्रिय वनिरहेको छ । १ हजार सिसी क्षमताको इन्जिन जडित यो एसयूभी म्यानुअल र अटोमेटिक ट्रान्समिसनमा उपलब्ध छ । नेचुरल्ली एस्पिरेटेड र टर्वो दुवै इन्जिन अप्सनमा उपलब्ध यो एसयूभी सिंगल र डवल टोन कलरमा बिक्री भैरहेको छ ।
यो एसयूभीको सवैभन्दा सस्तो भेरियन्ट आरएक्सईको मूल्य ३१ लाख ४९ हजार रुपैयाँ निर्धारण गरिएको छ । जुन म्यानुअल ट्रान्समिस र सिंगल टोन कलरमा मात्र उपलब्ध छ । अर्को भेरियन्ट आरएक्सएल म्यानुअलको ३१ लाख ८० हजार रुपैयाँ पर्छ भने यसैको अटोमेटिकको ३४ लाख, डुअल टोन म्यानुअलको ३२ लाख १५ हजार, डुअल टोन अटोमेटिकको ३४ लाख ३४ हजार रुपैयाँ निर्धारण गरिएको छ । यो भेरियन्टमा टर्वो इन्जिन भने उपलब्ध छैन ।
यसैगरी सिंगल टोनमा अर्को भेरियन्ट आरएक्सटी म्यानुलको ३५ लाख ७९ हजार तोकिएको छ भने यसैको अटोमेटिकको ३६ लाख ३९ हजार, डुअल टोन अटोमेटिकको ३६ लाख ७४ हजार, टर्वो सिंगल टोनको ४० लाख १५ हजार, डुअल टोन अटोमेटिकको ३६ लाख ७४ हजार र डुअल टोन टर्वोको ४१ लाख ४९ हजार रुपैयाँ निर्धारण गरिएको छ ।
टप स्पेकयुक्त भेरियन्ट आरएक्सजेड म्यानुअलको ३८ लाख २० हजार तोकिएको छ भने यसैको अटोमेटिकको ३९ लाख ४९ हजार, डुअल टोन म्यानुअलको ३८ लाख ६० हजार, टर्वो सिंगल टोनको ४३ लाख ६५ हजार, डुअल टोन अटोमेटिकको ३९ लाख ८४ हजार र डुअल टोन टर्वोको ४३ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...