रेनो काइगरको खुल्यो बुकिङ, २८ लाख ४९ हजार मूल्यका साथ नेपालकै सबैभन्दा सस्तो एसयूभी बन्दै

काठमाडौं – नेपाली बजारमा बहुप्रतीक्षित एसयूभी रेनो काइगरको बुकिङ खुलेको छ । नेपालका लागि आधिकारिक वितरक एड्भान्स्ड अटोमोबाइल्स प्रालिले सुरुवाती मूल्य २८ लाख ४९ हजार रुपैयाँ सहित बुकिङ खुलेको बताएको हो । रेनोका देशभर रहेका सोरुममार्फत बुकिङ गर्न सकिने छ ।

यो सँगै नेपालमा रेनो काइगरको प्रतीक्षा समाप्त भएको छ । नेपाली बजारमा उपलब्ध हुने यो सबैभन्दा सस्तो एसयूभी समेत बनेको छ ।

रेनो काइगर दुई पेट्रोल इन्जिन र तीन ट्रान्समिसन अपसनमा उपलब्ध छ । १.० लिटर नेचुरल्ली एस्पिरेटेड पेट्रोल इन्जिनले ७१ बीएचपी पावर र ९६ एनएम टर्क जेनेरेट गर्छ भने १.० लिटर टर्बोचार्ज्ड पेट्रोल इन्जिनले ९८ बीएचपी पावर र १६० एनएम टर्क जेनेरेट गर्छ । यसलाई ५ स्पीड म्यानुअल र सिभीटी गियरबक्समा सार्वजनिक गरिएको छ । रेनो क्विडबाट प्रेरित एसयूभी रेनो काइगरमा १६ इन्चको अलोय ह्विल दिइएको छ जसले गर्दा सो एसयूभी आकर्षक ड्युअल टोन डिजाइनमा देखिएको छ ।

रेनो काइगरमा स्प्लीट हेडल्याम्प, एलइडी डेटाइम रनिङ लाइट, स्पोर्टी रुफलाइन, ग्रे कलरको रुफरेल, सि सेप्ड एलइडी टेलल्याम्प, हाइ माउन्टेड टपल्याम्प, अगाडि र पछाडि दिइएको स्कीड प्लेट, व्ल्याक ह्वील आर्क, ड्यूल टोन ड्यासबोर्ड जस्ता फिचर पाउन सकिन्छ । त्यसैगरी यसमा ८ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम उपलब्ध छ जसले वायरलेस एप्पल कार प्ले र एन्ड्रोइड अटो सपोर्ट गर्दछ । यसका साथै काइगरमा ७ इन्चको फुल डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, अटोमेटिक क्लाइमेट कन्ट्रोल, मल्टी फङ्गशनल स्टेरिङ, क्रुज कन्ट्रोल लगायतका  फिचर पनि पाउन सकिन्छ ।

रेनो काइगरले नेपाली बजारमा किया सोनेट, हुन्डाई भेन्यु, महिन्द्रा एक्सयूभी३००, सुजुकी भिटारा ब्रेजा, फोर्ड इकोस्पोर्ट, टाटा नेक्सन र निसान म्याग्नाइट जस्ता कारसँग सिधै प्रतिस्पर्धा गर्नेछ । 

सम्बन्धित समाचारहरू

निसान म्याग्नाइट र रेनो काइगर सहित ४ कारलाई ४–स्टार सेफ्टी रेटिङ

निसान म्याग्नाइट र रेनो काइगर सहित ४ कारलाई ४–स्टार सेफ्टी रेटिङ

ग्लोबल एनसीएपीले निसान म्याग्नाइट र रेनो काइगर कम्प्याक्ट एसयूभीको...

देशका १५ स्थानबाट किन्न सकिन्छ रेनो कार, यी स्थानमा भए शोरुम बिस्तार

देशका १५ स्थानबाट किन्न सकिन्छ रेनो कार, यी स्थानमा भए शोरुम बिस्तार

फ्रेन्च अटो मेकर रेनो नेपाली कार बजारमा परिचित ब्रान्ड हो । कम्प्याक्ट...

आकर्षक डिजाइन र ११ एडास फिचरसहित रेनोको नयाँ क्विड ई-टेक

आकर्षक डिजाइन र ११ एडास फिचरसहित रेनोको नयाँ क्विड ई-टेक

रेनोले ब्राजिलमा आफ्नो नयाँ पुस्ताको इलेक्ट्रिक कार ‘क्विड ई-टेक २०२६’...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...