बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
भारतमा रेनोको पहिलो कम्प्याक्ट एसयूभी रेनो काइगर लन्च गरिएको छ । यसको बेस भेरिएन्टको मूल्य ५ लाख ४५ हजार र टप भेरिएन्टको मूल्य ९ लाख ५५ हजार रुपैयाँ तोकिएको छ ।
रेनो ट्राइबर र निसान म्याग्नाइट जस्तै रेनो काइगर पनि सीएमएफ–ए प्लस प्लेटफर्ममा विकसित गरिएको छ ।
यसको बाहिरी भाग अर्थात एक्सटेरियर रेनोकै इन्ट्री लेवल ह्याचब्याक रेनो क्विडबाट प्रेरित छ । यी दुवैमा समान फ्रन्ट फेसिया देख्न सकिन्छ । यसमा क्रोम–स्टड फ्रन्ट ग्रिल र भर्टिकल स्प्लिट हेडलाइनर छ । यद्यपि क्विड भन्दा यो निकै नै प्रिमियम देखिन्छ ।
काइगरमा बडी कलर डोर ह्यान्डल, इन्टिग्रेटेड टर्न इन्डिकेटरका साथ ब्ल्याक आउट ओआरभीएम र सिल्भर फिनिस्ड रुफ रेल उपलब्ध छ । त्यसैगरी यसमा १६ इन्चको अलोय ह्विल छ, जुन आकर्षक ड्युअल टोन डिजाइनमा देख्न सकिन्छ ।
पछिल्लो भागमा सी–आकारको एलईटी टेललाइट देख्न सकिन्छ भने टेलगेटमा रेनोको लोगो र सेन्टरमा काइगरको ब्याज देख्न सकिन्छ ।
इन्टेरियरमा ड्राइभर सिटका साथ म्यानुअल हाइट एड्जस्टमेन्टको सुविधा छ । त्यसैगरी यसमा ८ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम र अन्य विभिन्न प्याकेज उपलब्ध छन् ।
रेनो काइगर दुई पेट्रोल इन्जिन र तीन ट्रान्समिसन विकल्पमा उपलब्ध हुनेछ । १.० लिटर नेचुरल्ली एस्पिरेटेड पेट्रोल इन्जिनले ७१ बीएचपी पावर र ९६ एनएम टर्क जेनेरेट गर्छ । यो ५–स्पिड म्यानुअल र एउटा एएमटी युनिटका साथ उपलब्ध हुनेछ ।
त्यसैगरी १.० लिटर टर्बोचार्ज्ड पेट्रोल इन्जिनले ९८ बीएचपी पावर र १६० एनएम टर्क जेनेरेट गर्छ । यो ५–स्पिड म्यानुअल गियरबक्स अथवा सीभीटी अटोमेटिक ट्रान्समिसनमा उपलब्ध हुनेछ ।
रेनो काइगरको प्रतिस्पर्धा किया सोनेट, हुन्डाई भेन्यु, महिन्द्रा एक्सयूभी३००, सुजुकी भिटारा ब्रेजा, फोर्ड इकोस्पोर्ट, टाटा नेक्सन र निसान म्याग्नाइट जस्ता कारसँग हुनेछ ।
नेपालका लागि रेनोको आधिकारिक वितरक एड्भान्स्ड अटोमोबाइल्सले पनि रेनो काइगर कार छिट्टै नै नेपाली बजारमा उपलब्ध गराउने बताएको छ । यस आधारमा यो कार नेपाली बजारमा उपलब्ध हुन धेरै समय नलाग्ने अनुमान गर्न सकिन्छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...