रेनो डस्टर खरिद गर्ने अन्तिम मौका, अब केही परिमार्जनका साथ आउने

रेनोले आगामी दिनमा डस्टर एसयूभीलाई केही परिमार्जन सहित बजारमा ल्याउने भएको छ । यसकारण अब केही समय मात्र हालको मोडल बिक्रीका लागि उपलब्ध हुनेछ ।

रेनो डस्टर भारतीय बजारमा सन् २०१२ मा लन्च गरिएको थियो । डिजाइनको हिसाबले सो एसयूभी युरोपियन कार भन्दा कम छैन । टेक्नोलोजीमा पनि अन्य एसयूभीको तुलनामा एक कदम अगाडि नै रहेको छ । कम्पनीले नयाँ सेगमेन्टको कम्प्याक्ट एसयूभी पनि पेश गरिसकेको छ ।

इन्डियन अटोमोटिभ इन्डस्ट्रीमा डस्टरले पहिलो पटक सेडान कारको लोकप्रियतालाई चुनौती दिएको थियो । पछिल्लो एक दशकमा यो सेगमेन्टमा हरेक वर्ष १ दर्जन भन्दा बढी एसयूभी लन्च हुँदै आएको छ । यद्यपि डस्टरको लोकप्रियतामा भने कुनै कमी आएको छैन । १० वर्षको अन्तरालतमा डस्टरले दुई पटकमात्र फेसलिफ्ट मोडल ल्याएको छ ।

रेनो डस्टर लोकप्रियताको कारण
रेनो डस्टरमा १० वर्षको अन्तरालमा सबैभन्दा ठूलो परिवर्तन १.३ लिटर टर्बो पेट्रोल इन्जिन हो, जसले १५४ बीएचपी पावर जेनेरेट गर्छ । सो इन्जिन रेनो र डेमलरको संयुक्त प्रयासमा विकसित गरिएको हो । सो इन्जिन रेनो, निसान र मर्सिडिजमा पनि प्रयोग गरिन्छ । सिटी र हाइवेमा यो इन्जिन निकै प्रभावकारी देखिन्छ । सिटीको लागि यसमा अटोमेटिक गियबक्सको विकल्प समावेश गरिएको छ । जसले १५४ बीएचपीको पावर जेनेरेट गर्छ ।

सदाबहार डिजाइन
डस्टरको डिजाइन निकै आकर्षक भएको कारणले गर्दा १० वर्षसम्म सो कारको डिजाइनमा केही परिवर्तन नगरिएको हो । सन् २०१९ मा फेसलिफ्टको डिजाइनमा भने केही परिवर्तन गरिएको थियो । जसमा क्रोम र नयाँ अलोय ह्विलको प्रयोग बढाइएको थियो । रियरमा भने खासै परिवर्तन गरिएको थिएन ।

लामो दुरीको लागि उपयुक्त
लामो दुरीको यात्राको लागि डस्टर एसयूभी निकै उपयोगी एसयूभी हो । यसमा लामो दुरीको यात्रा गर्दा थकान महसुस हुँदैन ।

मूल्य र भेरिएन्ट
नेपाली बजारमा हाल दुई मोडलका रेनो डस्टर उपलब्ध छन् । १.५ लिटर क्षमताको पेट्रोल इन्जिनयुक्त रेनो डस्टरको मूल्य ४६ लाख ९९ हजार र डिजेल इन्जिनयुक्त डस्टरको मूल्य ५० लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

सम्बन्धित समाचारहरू

रेनोको नयाँ इलेक्ट्रिक कार सेप्टेम्वर ४ मा सार्वजनिक हुने

रेनोको नयाँ इलेक्ट्रिक कार सेप्टेम्वर ४ मा सार्वजनिक हुने

फ्रेन्च अटो निर्माता रेनोले जर्मनीको म्युनिख सहरमा आयोजन हुने मोटर सोमा...

रसियामा व्यवसाय गरिरहेको रेनोले १ रुबलमा आफ्नो सेयर बिक्री गर्ने

रसियामा व्यवसाय गरिरहेको रेनोले १ रुबलमा आफ्नो सेयर बिक्री गर्ने

फ्रान्सेली अटोमेकर कम्पनी रेनोले रुसको सबैभन्दा ठूलो कार निर्माता...

नयाँ डस्टरको ‘राइट ह्यान्ड ड्राइभ’ संस्करण पहिलोपटक सार्बजनिक

नयाँ डस्टरको ‘राइट ह्यान्ड ड्राइभ’ संस्करण पहिलोपटक सार्बजनिक

रेनोले आफ्नो नयाँ जेनेरेशन डस्टरको राइट ह्यान्ड ड्राइभ भर्सन पहिलोपटक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...