नयाँ लोगो सहित अपडेटेड रेनो क्विड लन्च
रेनो इन्डियाले भारतीय बजारमा अपडेटेड क्विड लन्च गरेको छ। यसको प्रारम्भिक...
रेनो इन्डियाको बहुप्रतीक्षित ब्रिजर एसयूभीको डिजाइन भारतमा पेटेन्ट गराएको जानकारी सार्वजनिक भएको छ। कम्पनीले हालै आफ्नो भविष्यको रोडम्याप सार्वजनिक गर्दै आरजीईपी र आरजीएमपी नामका दुई नयाँ प्लेटफर्म प्रस्तुत गरेको छ । सार्वजनिक भएका पेटेन्ट तस्वीरले सो नयाँ एसयूभीको डिजाइन र सम्भावित फिचरबारे धेरै कुरा खुलासा गरेका छन्।
कम्पनीले सो रेनो ब्रिजरलाई सब ४ मिटर लाइफस्टाइल एसयूभीका रूपमा विकास गरिएको छ। लन्चपछि यसले मारुती सुजुकी जिम्नी र महिन्द्राको आगामी भिजन एसजस्ता मोडलसँग प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। पेटेन्ट तस्वीरका आधारमा हेर्दा यसको डिजाइन निकै बोल्ड, परम्परागत एसयूभी शैलीमा आधारित र अफ रोडिङ क्षमतामाथि केन्द्रित देखिन्छ।
गाडीको फ्रन्टमा आकर्षक एलईडी डीआरएल सिग्नेचर सहित फ्ल्याट फ्रन्ट प्रोफाइल दिइएको छ भने बम्परमा बुल बार शैलीको डिजाइन दिइएको छ । रियरमा टेलगेटमै स्टेपनी राखिएको छ र ढोका साइडतर्फ खुल्ने व्यवस्था गरिएको छ । तर पेटेन्ट तस्वीरमा सनरुफ भने देखिएको छैन ।
सार्वजनिक पेटेन्ट तस्वीरले सो मोडल कन्सेप्ट संस्करणभन्दा धेरै हदसम्म उत्पादनका लागि तयार अवस्थामा रहेको छ । कन्सेप्ट मोडलमा रहेको क्ल्यामशेल बोनट हटाएर नयाँ संस्करणमा साधारण र सफा डिजाइनको बोनट प्रयोग गरिएको छ। साथै, उत्पादन संस्करणअनुसार अलोय ह्विलको डिजाइन परिवर्तन गरिएको छ भने रियर बम्परमा पनि केही सुधार गरिएको छ ।
यसमा नयाँ १.२ लिटर टर्बो पेट्रोल इन्जिन प्रयोग गर्न सक्ने अनुमान गरिएको छ । यसले दमदार पावर र उत्कृष्ट पिकअप दिने अपेक्षा गरिएको छ। कम्पनीले हालका लागि प्लग इन हाइब्रिड प्रविधिलाई प्राथमिकतामा नराखेको जनाइएको छ। यसको सट्टा रेनोले पारम्परिक पेट्रोल इन्जिन र भविष्यलाई लक्षित गर्दै पूर्ण इलेक्ट्रिक संस्करणमा विशेष ध्यान केन्द्रित गरेको बताइएको छ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...