नयाँ लोगो सहित अपडेटेड रेनो क्विड लन्च
रेनो इन्डियाले भारतीय बजारमा अपडेटेड क्विड लन्च गरेको छ। यसको प्रारम्भिक...
रेनोले भारतीय बजारमा नयाँ ७-सिटर एसयूभी बोरियल ल्याउने तयारी गरिरहेको छ। सो एसयूभी अन्तर्राष्ट्रिय बजारमा प्रस्तुत गरिसकेको बिगस्टरमा आधारित हुनेछ।
अन्तर्राष्ट्रिय संस्करण बोरियल ५-सिटर भए पनि भारतीय बजारमा ७-सिटर विकल्प उपलब्ध हुने अपेक्षा गरिएको छ। रेनो बोरियलको डिजाइन ठूला एसयूभीको शैलीमा हुनेछ ।
सेफ्टीका लागि बोरियलमा एडास, ६-एयरब्याग, एबीएस, ईबीडी र ईएससी जस्ता फिचर समावेश हुने सम्भावना छ। साथै, यसको इन्टेरियरमा १०.१ इन्चको टचस्क्रिन, १० इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, भेन्टिलेटेड पावर सिट, अटोमेटिक क्लाइमेट कन्ट्रोल र वायरलेस फोन चार्जिङ जस्ता फिचर हुने अनुमान गरिएको छ।
रेनो बोरियलमा पेट्रोल, माइल्ड-हाइब्रिड र स्ट्रङ-हाइब्रिड पावरट्रेन विकल्प उपलब्ध हुनेछ । रेनो इन्डियाले बोरियलको लन्च मिति घोषणा गरेको छैन। यद्यपि रिपोर्टका अनुसार सो एसयूभी सन् २०२६ को अन्त्यतिर वा २०२७ को सुरुवाततिर भारतीय बजारमा प्रवेश गर्ने अपेक्षा गरिएको छ।
रेनो बोरियल लन्च पछि ७ सिटर एसयूभी सेग्मेन्टमा मारुती, टाटा सफारी र महिन्द्रा एक्सयूभी७०० जस्ता ब्रान्डसँग प्रतिस्पर्धा गर्नेछ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...