रेनोले नयाँ मिडसाइज एसयूभी अरकाना हाइब्रिड टेक्नोलोजीमा लन्च गर्ने

हालै रेनो अरकाना एसयूभी परीक्षणको क्रममा देखिएको छ । सो एसयूभीले रेनो डस्टरलाई प्रतिस्थापन गर्न सक्ने अनुमान गरिएको छ । यो एसयूभी मिडसाइज सेगमेन्टमा आउन सक्ने दाबी गरिएको छ । रेनो अरकानाले सबैभन्दा बढी बिक्री हुने हुन्डाई क्रेटा, किया सेल्टोस, मारुती सुजुकी ग्रान्ड भिटारा र टाटा ह्यारियर जस्ता कारसँग प्रतिस्पर्धा गर्नेछ ।

नयाँ मिडसाइज एसयूभी रेनो अरकानामा हाइब्रिड प्रविधिले सुसज्जित १.३ लिटर पेट्रोल इन्जिन हुने अनुमान गरिएको छ । यसलाई ६ स्पिड म्यानुअल र ६ स्पिड अटोमेटिक ट्रान्समिसन विकल्पमा उपलब्ध गराउन सकिन्छ ।

रेनो अरकानाको लम्बाई ४.५ मिटर, चौडाइ १.८ मिटर, उचाइ १.५ मिटर र ह्विलबेस २.७३ मिटर हुनेछ । यसको ग्राउन्ड क्लियरेन्स पनि राम्रो हुनेछ । सो एसयूभी कुपे स्टाइलमा डिजाइन गरिएको छ ।

सो एसयूभी एलईडी हेडल्याम्प, टेलल्याम्प, एलईडी डीआरएल, पावरफुल फ्रन्ट र रियर लुक र स्टाइलिस डिजाइन देखिनेछ । फिचरको लागि रेनो अरकानामा लक्जरी इन्टेरियर र सीटका साथै वायरलेस स्मार्टफोन कनेक्टिभिटी सपोर्टसहितको ठूलो टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली, वायरलेस चार्जर, प्रिमियम साउन्ड, अटोमेटिक एसी, क्रुज कन्ट्रोल र मल्टिपलल एयरब्यागलगायतका स्ट्यान्डर्ड र सेफ्टी फिचर हुनेछ ।

मिडसाइज एसयूभी रेनो अरकानाको प्रारम्भिक मूल्य १० लाख भारुभन्दा बढी हुन सक्छ । मिडिया रिपोर्टका अनुसार अरकानामा एड्भान्स ड्राइभर असिस्टेन्स प्रणाली जस्ता फिचर पनि हुनेछ ।

सम्बन्धित समाचारहरू

रेनोको नयाँ इलेक्ट्रिक कार सेप्टेम्वर ४ मा सार्वजनिक हुने

रेनोको नयाँ इलेक्ट्रिक कार सेप्टेम्वर ४ मा सार्वजनिक हुने

फ्रेन्च अटो निर्माता रेनोले जर्मनीको म्युनिख सहरमा आयोजन हुने मोटर सोमा...

अपग्रेड भएर आयो रेनो काइगर, यस्तो छ विशेषता

अपग्रेड भएर आयो रेनो काइगर, यस्तो छ विशेषता

रेनो इन्डियाले आफ्नो लोकप्रिय कम्प्याक्ट एसयूभी काइगरको फेसलिफ्ट लन्च...

यस्तो छ ड्युअल टोनयुक्त बीएस६ रेनो ट्राइबर

यस्तो छ ड्युअल टोनयुक्त बीएस६ रेनो ट्राइबर

काठमाडौं – नेपाली बजारमा ड्युअल टोन सहितको बीएस६ रेनो ट्राइबर एसयूभी केही...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...