भारतकै सस्तो सब कम्प्याक्ट एसयूभी बताइएको रेनो काइगर यस्तो देखियो टिजरमा

फ्रान्सको अटोमोबाइल कम्पनी रेनोले भारतीय बजारमा २८ जनवरीमा रेनो काइगर सार्वजनिक गर्ने भएको छ । रेनो काइगर सब कम्प्याक्ट एसयूभी सेगमेन्टमा सबैभन्दा सस्तो कार हुने कम्पनीले दावी गरेको छ । सो कारको कन्सेप्ट मोडल नोभेम्बर २०२० मा सार्वजनिक गरिएको थियो । लन्चिङ भन्दा पहिला सो कारको टिजर जारी गरिएको छ । टिजरमा कारको प्रोडक्शन भर्सन देखाइएको छ ।

रेनोले सो सब ४ मिटर एसयूभीको कोडनेम एचबीसी राखेको छ । सो कारमा म्याग्नाइटमा प्रयोग गरिएको इन्जिन प्रयोग गरिनेछ । म्याग्नाइट एसयूभीमा दुई इन्जिनको विकल्प रहेको छ । पहिलो विकल्प १.० लिटर पेट्रोल इन्जिन जसले ७२ पीएसको पावर र ९६ एनएमको टर्क जेनेरेट गर्छ ।

दोस्रो विकल्प टर्बाे पेट्रोल इन्जिन जसले १०० पीएसको पावर र १६० एनएमको टर्क जेनेरेट गर्छ । सो इन्जिनले सीभीटी विकल्पको साथमा १५२ एनएमको टर्क जेनेरेट गर्छ । सो इन्जिनमा म्यानुअल र अटोमेटिक ट्रान्समिशन गियरबक्सको विकल्प रहेको छ ।

काइगर एसयूभी रेनोको मोड्यलर सीएमएफ–ए प्लस प्लेटफर्ममा आधारित हुनेछ । काइगरको डायमेन्सन म्याग्नाइट जति नै हुनेछ । म्याग्नाइटको लम्बाई ३९९४ एमएम, चौडाई १७५८ एमएम, उचाई १५७२ एमएम, ग्राउन्ड क्लियरेन्स २०५ एमएम र ह्वीलवेस २५०० एमएम रहेको छ ।

सो कारमा एन्ड्रोयड अटो र एपल कारप्लेको साथमा ८ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, ७ इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, एलईडी प्रोजेक्टर ह्याडल्याम्प, क्रुज कन्ट्रोल, स्टेयरिङ माउन्टेड कन्ट्रोल, भ्वाइस रिकग्निसन टेक्नोलोजी, पुश बटन स्टार्ट÷स्टप, इलेक्ट्रिक एडजस्टेबल विङ मिरर र अटोमेटिक क्लाइमेट कन्ट्रोल जस्ता फिचर उपलब्ध रहेको छ ।

नयाँ एसयूभी काइगरमा ड्युअल फ्रन्ट एयरब्याग, ३६० डिग्री क्यामेरा, एबीएस, ईबीडी, रिभर्स पार्किङ सेन्सर, सराउन्ड भ्यू मिरर, टायर प्रेशर मनिटरिङ सिस्टम, आईएसओएफआईएक्स चाइल्ड सिट एंकर, सिट बेल्ट रिमाइन्डर, हाई स्पिड अलर्ट सिस्टम जस्ता फिचर उपलब्ध रहेको छ ।

रिपोर्टका अनुसार सो कार भारतको सबैभन्दा सस्तो एसयूभी हुनेछ । हाल भारतमा सबैभन्दा सस्तो एसयूभी निसान म्याग्नाइट रहेको छ । जसको मूल्य ५ लाख ४९ हजार भारु रहेको छ । रेनो काइगरको मूल्य ५ लाख देखि ९ लाख भारुको बीच हुने अनुमान गरिएको छ ।

लन्चिङ पछि सो कारले भारतीय बजारमा निसान म्याग्नाइट, मारुती सुजुकी भिटारा ब्रेजा, टोयोटा अर्बन क्रुजर, किया सोनेट, हुन्डाई भेन्यु, फोर्ड इकोस्पोर्ट र महिन्द्रा एक्सयूभी३०० जस्ता एसयूभीसँग प्रतिस्पर्धा गर्नेछ ।

 

 

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...