आइतबार ड्याटसन रेडी गो बीएस ६ लन्च हुँदै

काठमाडौं – नेपाली बजारका लागि ड्याटसनको नयाँ गाडी रेडी गो बीएस ६ भोलि आइतबार लन्च हुने भएको छ ।

नेपालका लागि ड्याटसन गाडीको आधिकारिक वितरक पायोनियर मोटोकर्पले आइतबार भर्चुअल रुपमा सो गाडी लन्च गर्ने योजना बनाएको बताएको छ ।

बीएस ६ इन्जिनयुक्त सो गाडीको मूल्य २३ लाख ९९ हजार रुपैयाँ हुने बताइएको छ । करिव दुई साता पहिले यसको बुकिङ खुला गरिएको थियो ।

हाल नेपाली बजारमा उपलब्ध ड्याटसन रेडी गो सबैभन्दा सस्तो ह्याचब्याक कार मध्ये एक हो । यसको मूल्य १९ लाख ९९ हजार रुपैयाँ देखि २१ लाख ९९ हजार रुपैयाँ सम्म छ ।

नयाँ ड्याटसन रेडी गो बोल्ड र नयाँ इनोभेटिभ फिचरका साथ उपलब्ध छ । यसमा सेगमेन्टमै सबैभन्दा बढी मानिने १८७ एमएमको ग्राउन्ड क्लियरेन्स छ । त्यसैगरी यसको पछिल्लो सिटमा पनि घुडा मिलाएर सहज तरिकाले बस्न मिल्ने गरी सिट उपलब्ध छ ।

यसको बडीलाई अझै सुरक्षित बनाइएको छ भने इन्टेरियर र एक्सटेरियर पनि थप आकर्षक छ । यसमा नयाँ डिजाइन र आकारको अलोय ह्विल छ भने डाइमेन्सन पनि केही बढी छ ।

नयाँ रेडी गो मा एयरब्याग, एबीएस, ८ इन्चको इन्फोटेनमेन्ट सिष्टम तथा पावर विन्डो र पावर स्टेयरिङ लगायतका विभिन्न सुविधा उपलब्ध छन् ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...