चर्चामा जावाको एड्भेन्चर टुरिङ मोटरसाइकल आरभीएम ५००

हालै इन्टरनेटमा एउटा मोटरसाइकलको तस्बिर निकै भाइरल बनेको छ । जावाको ब्याजिङ भएको स्क्र्याम्बलर भर्सनको सो बाइक हेर्दा निकै नै आकर्षक छ ।

यद्यपि सो बाइक ब्रिस्टोल भेलोस ५०० नामक मोटरसाइकलको रिब्याज भर्सन मात्र हो । ब्रिस्टोल फिलिपिन्समा रहेको कम्पनी हो र हालै चेक कम्पनी जावासँग यसको रणनीति साझेदारीका लागि सम्झौता भएको छ । त्यही सम्झौता अनुसार नै नयाँ मोटरसाइकल सार्वजनिक भएको हो ।

जावा मोटरसाइकलको स्वामित्व भएको कम्पनी क्लासिक लिजेन्ड्सले नेपालमा समेत जावा बाइक उपलब्ध गराइरहेको छ । यद्यपि सो मोटरसाइकलको क्लासिक लिजेन्ड्ससँग कुनै सम्बन्ध छैन । यसले गर्दा यो मोटरसाइकल भारत वा नेपाल आउने सम्भावना पनि छैन । तर पनि मोटरसाइकलको लुक्स र फिचरले भने धेरैलाई आकर्षण गरिरहेको छ ।

ब्रिस्टोल भेलोस ५०० मा आधारित सो मोटरसाइकलको स्क्र्याम्बलर भर्सनलाई आरभीआर ५०० र एड्भेन्चर भर्सनलाइ आरभीएम ५०० नाम राखिएको छ । यो मोटरसाइकलमा ४७१ सीसी प्यारालल ट्विन लिक्विडकुल्ड इन्जिन छ, जसले ४७ बीएचपी पावर र ४३ एनएम टर्क जेनेरेट गर्छ ।

यसको फ्रन्टमा अपसाइड डाउन फोर्क्स र रियरमा मोनोसक सस्पेन्सन उपलब्ध छ । सुरक्षाका लागि ड्युअल च्यानल एबीएस जस्ता फिचर उपलब्ध छन् । त्यसैगरी यसमा सेमी डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर र एक यूएसबी सकेट स्ट्यान्डर्डको रुपमा उपलब्ध छ । यो मोटरसाइकलमा एड्भेन्चरका लागि उपयुक्त विभिन्न फिचर समेत उपलब्ध छन् ।

सम्बन्धित समाचारहरू

नयाँ अवतारमा महिन्द्रा एक्सयूभी ७एक्सओ लन्च, जनवरीदेखि डेलिभरी सुरु

नयाँ अवतारमा महिन्द्रा एक्सयूभी ७एक्सओ लन्च, जनवरीदेखि डेलिभरी सुरु

महिन्द्राले आफ्नो नयाँ मिड साइज एसयूभी महिन्द्रा एक्सयूभी ७एक्सओ...

एक्सयूभी थ्रीएक्सओ पनि इलेक्ट्रिक भर्सनमा आउने, महिन्द्राले यसै वर्ष उत्पादन शुरु गर्ने

एक्सयूभी थ्रीएक्सओ पनि इलेक्ट्रिक भर्सनमा आउने, महिन्द्राले यसै वर्ष उत्पादन शुरु गर्ने

काठमाडौं– महिन्द्राले हालै लन्च गरेको एक्सयूभी ३०० को फेसलिफ्ट भर्सन...

महिन्द्राले भारतमा सार्बजनिक गर्यो एक्सयुभी ७०० को मूल्य, नेपाल आउँदा १ करोड माथीसम्म पर्न सक्ने

महिन्द्राले भारतमा सार्बजनिक गर्यो एक्सयुभी ७०० को मूल्य, नेपाल आउँदा १ करोड माथीसम्म पर्न सक्ने

महिन्द्राले आफ्नो हालसम्मकै प्रिमियम र महंगो एसयुभी एक्सयुभी ७०० को मूल्य...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...