आइमाका चार इलेक्ट्रिक स्कुटर नेपालमा : यस्तो छ सबै मोडलको फिचर र मूल्य
काठमाडौं – नेपाली बजारमा चीनको नम्बर वान ईभी ब्रान्ड आइमाका इलेक्ट्रिक...
सवारी साधनमा रियर भ्यु मिरर अति महत्वपुर्ण हिस्सा हो । यसलाई कारमा स्ट्यान्डर्ड फिचरको रुपमा समावेश गरिएको हुन्छ । सवारी निर्माता कम्पनीहरुले सन् १९३० दशकमा रियर भ्यु मिरर कारमा जडान गर्न थालेका हुन् । यसको बारेमा केही चर्चा गरौं ।
रियर भ्यु मिररको अस्तित्व
ड्राइभरलाई सडकमा तीव्र गतिमा ड्राइभ गर्नको लागि रियर भ्यु मिररको विकास गरिएको हो । यसलाई कारमा जडान गर्नुको कारण कारलाई तीव्र गतिमा चलाउनु पनि हो । सन् १९११ मा रे हर्ननले रियर भ्यु मिररको आविष्कार गरेका थिए ।
उनले घोडागाडीमा यस्तै देखेका थिए जसले उनलाई उच्च गतिमा ड्राइभिङ गर्नको लागि यसको विचार आएको थियो । रे हर्ननसँग सहचालक पनि थिए जसले उनलाई लेन परिवर्तन गर्न सुरक्षित छ कि भनेर बताउँथे । उनले रियर भ्यु मिररको साथमा आफै कार ड्राइभिङ गरेका थिए ।
कहिले आधिकारिक भयो ?
सन् १९२१ मा एल्मर बर्जर अगाडि गए र उद्योगमा पहिलो रियर भ्यु मिरर पेटेन्ट गरे । उनले यो यन्त्रलाई कोप स्पोटर नाम दिए किनभने उनले मुख्यतया आफ्नो कार पछाडिका पुलिसलाई निगरानी गर्नका लागि प्रयोग गरेका थिए । तर यो अद्वितीय विचारले अटोमोटिभ उद्योगमा ठूलो योगदान पु-यायो र आजको आधुनिक कारहरूमा पनि यसको प्रयोग भइरहेको छ ।
आधुनिक रियर भ्यु मिररले लामो यात्रा गरिसकेको छ । आजको कारमा राम्रो रियर भ्युको लागि सबै प्रकारका रियर भ्यु मिररहरू उपलब्ध रहेको छ । रियर भ्यु मिरर वा आईआरभीएममा क्यामेरा र सेन्सर डिस्प्ले प्रयोग गरिएको हुन्छ ।
काठमाडौं – नेपाली बजारमा चीनको नम्बर वान ईभी ब्रान्ड आइमाका इलेक्ट्रिक...
काठमाडौं – जुनसुकै ब्रान्डका पुराना गाडीसँग एमजी जेडएस ईभी साट्न सकिने...
सेरेसले नेपाल ल्याएको मिनी इभी ई–१ को मूल्य सार्वजनिक भएको छ । सो मिनी ईभी ३...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...