कारमा प्रयोग गरिने रियर भ्यु मिररको अर्थ र इतिहास

सवारी साधनमा रियर भ्यु मिरर अति महत्वपुर्ण हिस्सा हो । यसलाई कारमा स्ट्यान्डर्ड फिचरको रुपमा समावेश गरिएको हुन्छ । सवारी निर्माता कम्पनीहरुले सन् १९३० दशकमा रियर भ्यु मिरर कारमा जडान गर्न थालेका हुन् । यसको बारेमा केही चर्चा गरौं ।

रियर भ्यु मिररको अस्तित्व
ड्राइभरलाई सडकमा तीव्र गतिमा ड्राइभ गर्नको लागि रियर भ्यु मिररको विकास गरिएको हो । यसलाई कारमा जडान गर्नुको कारण कारलाई तीव्र गतिमा चलाउनु पनि हो । सन् १९११ मा रे हर्ननले रियर भ्यु मिररको आविष्कार गरेका थिए ।

उनले घोडागाडीमा यस्तै देखेका थिए जसले उनलाई उच्च गतिमा ड्राइभिङ गर्नको लागि यसको विचार आएको थियो । रे हर्ननसँग सहचालक पनि थिए जसले उनलाई लेन परिवर्तन गर्न सुरक्षित छ कि भनेर बताउँथे । उनले रियर भ्यु मिररको साथमा आफै कार ड्राइभिङ गरेका थिए ।

कहिले आधिकारिक भयो ?
सन् १९२१ मा एल्मर बर्जर अगाडि गए र उद्योगमा पहिलो रियर भ्यु मिरर पेटेन्ट गरे । उनले यो यन्त्रलाई कोप स्पोटर नाम दिए किनभने उनले मुख्यतया आफ्नो कार पछाडिका पुलिसलाई निगरानी गर्नका लागि प्रयोग गरेका थिए । तर यो अद्वितीय विचारले अटोमोटिभ उद्योगमा ठूलो योगदान पु¥यायो र आजको आधुनिक कारहरूमा पनि यसको प्रयोग भइरहेको छ ।

आधुनिक रियर भ्यु मिररले लामो यात्रा गरिसकेको छ । आजको कारमा राम्रो रियर भ्युको लागि सबै प्रकारका रियर भ्यु मिररहरू उपलब्ध रहेको छ । रियर भ्यु मिरर वा आईआरभीएममा क्यामेरा र सेन्सर डिस्प्ले प्रयोग गरिएको हुन्छ ।

सम्बन्धित समाचारहरू

सोनी होन्डा ज्वाइन्ट भेन्चरमा बन्ने ईभी सीईएसमा सार्वजनिक, लक्जरी ईभीको यस्तो हुनेछ मूल्य र फिचर

सोनी होन्डा ज्वाइन्ट भेन्चरमा बन्ने ईभी सीईएसमा सार्वजनिक, लक्जरी ईभीको यस्तो हुनेछ मूल्य र फिचर

स्मार्टफोन निर्माता सोनी र कार निर्माता कम्पनी होन्डाको ज्वाइन्ट भेन्चर...

अनिल अम्बानीको रिलायन्स इन्फ्राले भारतमा विद्युतीय कार बनाउने

अनिल अम्बानीको रिलायन्स इन्फ्राले भारतमा विद्युतीय कार बनाउने

रिलायन्स इन्फ्रास्ट्रक्चरले ईभी र ब्याट्री निर्माण व्यवसायमा प्रवेश...

चलिरहेको ट्रकलाई सडकमै वायरलेस चार्ज गर्ने प्रविधि सफल

चलिरहेको ट्रकलाई सडकमै वायरलेस चार्ज गर्ने प्रविधि सफल

अमेरिकी इन्जिनियरहरूले विद्युतीय सवारी साधन चार्जिङ क्षेत्रमा ऐतिहासिक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...