-याली अफ हिमालयाजको चौथो संस्करणमा दीपक साहले हिमालयन ४११ चलाएर नेपालको प्रतिनिधित्व गर्दै
काठमाडौं – प्रसिद्ध राइडर दीपक साहले आगामी दिनमा भारतमा आयोजना हुने -याली...
रोयल इन्फिल्ड सुपर मेटियर ६५० बाइकको टिजर सार्वजनिक भएको छ । सो बाइक आगामी नोभेम्बर ८ मा इटालीको मिलानमा हुने ईआईसीएमए २०२२ मोटर शोमा सार्वजनिक गरिने छ ।
यसको आधिकारिक नाम कम्पनीले सार्वजनिक गरेको छैन तर यसको नाम ‘सुपर मेटियर ६५०’ हुने र मेटियर ३५० जस्तै हुने अनुमान गरिएको छ ।
नयाँ सुपर मेटियर ६५० बाइक इन्टरसेप्टर ६५० र कन्टिनेन्टल जीटी ६५० को प्लेटफर्ममा आधारित हुनेछ । यसको इन्जिन र ट्रान्समिसनमा पनि धेरै परिवर्तन हुनेछ ।
सुपर मेटियर ६५० बाइक क्रुजर बाइक हो । यसमा ६४८ सीसीको इन–लाइन ट्विन सिलिन्डर, एयर कुल्ड इन्जिन जडान गरिएको छ । जसले ४७ बीएचपी पावर र ५२ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पिड गियरबक्सको साथै स्लिप एण्ड असिस्ट क्लच उपलब्ध हुनेछ ।
सो बाइकमा आवश्यकता अनुसार नयाँ च्यासिस अपडेट हुने सम्भावना बढी छ । सुपर मेटियर ६५० बाइकमा एलईडी लाइट, सेमी–डिजिटल मिटर क्लस्टर, ब्लुटुथ कनेक्टिभिटी, डिस्क ब्रेक, स्लिप एण्ड असिस्ट क्लच, ड्युअल च्यानल एबीएस र ट्रिपर टर्न–बाई–टर्न नेभिगेसन सिस्टम जस्ता फिचर हुनेछ ।
कम्पनीले जारी गरेको टिजरमा बाइकको पछाडिको भाग मात्र देख्न सकिन्छ । यसमा मेटियर ३५० मा जस्तै एलईडी टेलल्याम्प देख्न सकिन्छ । यसमा ट्विन एक्जस्ट र स्प्लिट सिटहरू छन् । जे–प्लेटफर्ममा आधारित स्वीच गियर पनि दिइएको छ । टिजरमा ट्रिपर नेभिगेसन सिस्टम पनि देखिन्छ ।
नयाँ सुपर मेटियर ६५० बाइक २०२२ मा भारतमा लन्च हुने सम्भावना छ र २०२३ को शुरुवातमा बिक्रीको लागि उपलब्ध हुनेछ । नेपालमा पनि आउने सम्भावना भने हुन सक्छ ।
काठमाडौं – प्रसिद्ध राइडर दीपक साहले आगामी दिनमा भारतमा आयोजना हुने -याली...
काठमाडौं – रोयल इनफिल्डको ‘हन्टर ब्रेकफास्ट राइड’ आयोजना भएको छ । रोयल...
नेपालमा डर्ट अर्थात अफरोड बाइकको नाम लिंदा शुरुमै आइहाल्ने नाम हो...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...