रोयल इन्फिल्डको फ्ल्यागशिप क्रुजर मोटरसाइकल सुपर मेटियर ६५० सार्वजनिक

रोयल इन्फिल्डले ईआईसीएमए २०२२ मा आफ्नो नयाँ सुपर मेटियर ६५० बाइक सार्वजनिक गरेको छ । सो बाइक फ्ल्यागशिप क्रुजर बाइक हो र यसलाई कन्टिनेन्टल जीटी ६५० भन्दा माथि राखिने अपेक्षा गरिएको छ ।

सो बाइक सुपर मेटियर ६५० र सुपर मेटियर ६५० टुरर गरी २ भेरिएन्टमा उपलब्ध हुनेछ । सुपर मेटियर ६५० सोलो टुरर भेरिएन्ट हो र यो ५ रङमा उपलब्ध हुनेछ । सुपर मेटियर ६५० टुरर ग्रान्ड टुरर भेरिएन्ट हो र यो २ रङमा उपलब्ध हुनेछ ।

सो बाइकमा इन्टरसेप्टर ६५० र कन्टिनेन्टल जीटी ६५० कै इन्जिन प्रयोग गरिने छ । यद्यपि यसको हेड र साइड प्यानलको डिजाइन अलि नयाँ छ । सो इन्जिनले ७२५० आरपीएममा ४७ पीएसको पावर र ५६५० आरपीएममा ५२ एनएमको टर्क जेनेरेट गर्छ ।

सो बाइकमा स्टिल ट्युबुलर स्पाइन फ्रेम च्यासिस छ । बाइकको फ्रन्टमा ४३ एमएम अप–साइड डाउन फोक्र्स र रियरमा ट्विन ग्यास चार्ज शक एब्जर्बर सस्पेन्सन छ । ब्रेकिङको लागि फ्रन्टमा ३२० एमएम डिस्क र रियरमा ३०० एमएम डिस्क दिइएको छ । यसमा स्ट्यान्डर्डको रुपमा ड्युअल च्यानल एबीएस पनि रहेको छ ।

सो बाइकमा बार एण्ड मिरर, डिलक्स फुटपेग्स, सोलो फिनिशर, एलईडी इन्डिकेटर र मेशिन ह्विल, डिलक्स टुरिङ ड्युअल सिट, टुरिङ विन्डस्क्रिन, प्यासेन्जर ब्याकरेस्ट, लङ हल प्यानियर्स, टुरिङ ह्यान्डलबार र एलईडी इन्डिकेटर जस्ता एसेसरिज पनि उपलब्ध छन् ।

सम्बन्धित समाचारहरू

लन्च हुनु भन्दा पहिले नै रोयल इन्फिल्डको सबैभन्दा कम मूल्यको बाइक हन्टर सार्वजनिक

लन्च हुनु भन्दा पहिले नै रोयल इन्फिल्डको सबैभन्दा कम मूल्यको बाइक हन्टर सार्वजनिक

रोयल इन्फिल्ड हन्टर लन्च हुनु भन्दा पहिले यसको विस्तृत विवरण सार्वजनिक...

बुधबार नेपालमा सार्वजनिक हुने भयो रोयल इन्फिल्ड मेटियर ३५०, कति पर्ला मूल्य ?

बुधबार नेपालमा सार्वजनिक हुने भयो रोयल इन्फिल्ड मेटियर ३५०, कति पर्ला मूल्य ?

काठमाडौं – रोयल इन्फिल्डको बहुप्रतीक्षित मोटरसाइकल मेटियर ३५० आगामी...

रोयल इन्फिल्डको रिसेस राइड सम्पन्न, ५६ जना राइडर वन्दिपुर पुगेर फर्किए

रोयल इन्फिल्डको रिसेस राइड सम्पन्न, ५६ जना राइडर वन्दिपुर पुगेर फर्किए

काठमाडौं – रोयल इन्फिल्ड मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक अल्फा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...