रोयल इन्फिल्ड हिमालयन ७५० आउँदै, यस्ता छन् विशेषता
रोयल इन्फिल्डले हालै लद्दाखको लेहमा हिमालयन ७५० को शोकेस गरेको छ । सो...
रोयल इन्फिल्डले ईआईसीएमए २०२२ मा आफ्नो नयाँ सुपर मेटियर ६५० बाइक सार्वजनिक गरेको छ । सो बाइक फ्ल्यागशिप क्रुजर बाइक हो र यसलाई कन्टिनेन्टल जीटी ६५० भन्दा माथि राखिने अपेक्षा गरिएको छ ।
सो बाइक सुपर मेटियर ६५० र सुपर मेटियर ६५० टुरर गरी २ भेरिएन्टमा उपलब्ध हुनेछ । सुपर मेटियर ६५० सोलो टुरर भेरिएन्ट हो र यो ५ रङमा उपलब्ध हुनेछ । सुपर मेटियर ६५० टुरर ग्रान्ड टुरर भेरिएन्ट हो र यो २ रङमा उपलब्ध हुनेछ ।
सो बाइकमा इन्टरसेप्टर ६५० र कन्टिनेन्टल जीटी ६५० कै इन्जिन प्रयोग गरिने छ । यद्यपि यसको हेड र साइड प्यानलको डिजाइन अलि नयाँ छ । सो इन्जिनले ७२५० आरपीएममा ४७ पीएसको पावर र ५६५० आरपीएममा ५२ एनएमको टर्क जेनेरेट गर्छ ।
सो बाइकमा स्टिल ट्युबुलर स्पाइन फ्रेम च्यासिस छ । बाइकको फ्रन्टमा ४३ एमएम अप–साइड डाउन फोक्र्स र रियरमा ट्विन ग्यास चार्ज शक एब्जर्बर सस्पेन्सन छ । ब्रेकिङको लागि फ्रन्टमा ३२० एमएम डिस्क र रियरमा ३०० एमएम डिस्क दिइएको छ । यसमा स्ट्यान्डर्डको रुपमा ड्युअल च्यानल एबीएस पनि रहेको छ ।
सो बाइकमा बार एण्ड मिरर, डिलक्स फुटपेग्स, सोलो फिनिशर, एलईडी इन्डिकेटर र मेशिन ह्विल, डिलक्स टुरिङ ड्युअल सिट, टुरिङ विन्डस्क्रिन, प्यासेन्जर ब्याकरेस्ट, लङ हल प्यानियर्स, टुरिङ ह्यान्डलबार र एलईडी इन्डिकेटर जस्ता एसेसरिज पनि उपलब्ध छन् ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...