रोयल इन्फिल्डको लोकप्रिय बाइक हिमालयन अब अपडेट भर्सनमा

रोयल इन्फिल्डले आफ्नो लोकप्रिय बाइक हिमालयनलाई ३ नयाँ रङमा अपडेट भर्सन लन्च गरेको छ । सो बाइक एड्भेन्चर टुरिङ बाइक हो ।

सो बाइकमा ग्रिल र साइड प्यानलमा एम्बोस्ड लोगो र चार्जिङ पोर्ट पनि छ । नोभेम्बर २४ देखि नयाँ हिमालयन भारतका सबै रोयल इन्फिल्ड डिलरमा बुकिङ र टेष्ट ड्राइभका लागि उपलब्ध हुनेछ । बाइकको मूल्य २ लाख १५ हजार ९०० भारु तोकिएको छ ।

रोयल इन्फिल्डका प्रमुख कार्यकारी अधिकृत बी गोविन्दराजनले रोयल इन्फिल्ड हिमालयन पहाडमा चढ्ने र केही कठिन भूभागका लागि विकसित गरिएको बताएका छन् । हिमालयन बाइक ग्राहकहरुका लागि सरल, बहुमुखी र कहीं ड्राइभ गर्न सक्ने एड्भेन्चर टुरिङका नयाँ सेगमेन्ट बाइकको रुपमा निर्माण गरेको दाबी गरिएको छ ।

रोयल इन्फिल्डको लाइनअपमा हन्टर ३५०, क्लासिक ३५०, मेटियर ३५० क्रुजर, ६५० ट्विन बाइक इन्टरसेप्टर र कन्टिनेन्टल जीटी, हिमालयन एड्भेन्चर टुरर र स्क्राम ४११ एडीभी क्रसओभर र बुलेट ३५० समावेश छन् ।

भविष्यमा यो बाइक नेपाली बजारमा पनि उपलब्ध हुने अपेक्षा गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

रोयल इन्फिल्डले ‘गुरिल्ला’ ४५० नाममा नयाँ मोटरसाइकल ल्याउने

रोयल इन्फिल्डले ‘गुरिल्ला’ ४५० नाममा नयाँ मोटरसाइकल ल्याउने

रोयल इन्फिल्डले नयाँ मोटरसाइकलका लागी ट्रेडमार्क दर्ता गराएको छ ।...

रोयल इन्फिल्डले राइडर गुफीलाई ग-यो सम्मान, सगरमाथा आरोहणका लागि ५ लाख रकम हस्तान्तरण

रोयल इन्फिल्डले राइडर गुफीलाई ग-यो सम्मान, सगरमाथा आरोहणका लागि ५ लाख रकम हस्तान्तरण

काठमाडौं – विश्वको पुरानो मोटरसाइकल कम्पनी रोयल इन्फिल्डको नेपालका लागि...

आगामी मार्च ४ देखि ६ सम्म हेटौंडामा राइडर्स मिट हुने, यसरी गर्न सकिन्छ रजिष्ट्रेसन

आगामी मार्च ४ देखि ६ सम्म हेटौंडामा राइडर्स मिट हुने, यसरी गर्न सकिन्छ रजिष्ट्रेसन

काठमाडौं – रोयल इन्फिल्ड राइडरहरुको लागि आयोजना गरिने नेपाल राइडर्स मिट...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...