रोयल इन्फिल्डको लोकप्रिय बाइक हिमालयन अब अपडेट भर्सनमा

रोयल इन्फिल्डले आफ्नो लोकप्रिय बाइक हिमालयनलाई ३ नयाँ रङमा अपडेट भर्सन लन्च गरेको छ । सो बाइक एड्भेन्चर टुरिङ बाइक हो ।

सो बाइकमा ग्रिल र साइड प्यानलमा एम्बोस्ड लोगो र चार्जिङ पोर्ट पनि छ । नोभेम्बर २४ देखि नयाँ हिमालयन भारतका सबै रोयल इन्फिल्ड डिलरमा बुकिङ र टेष्ट ड्राइभका लागि उपलब्ध हुनेछ । बाइकको मूल्य २ लाख १५ हजार ९०० भारु तोकिएको छ ।

रोयल इन्फिल्डका प्रमुख कार्यकारी अधिकृत बी गोविन्दराजनले रोयल इन्फिल्ड हिमालयन पहाडमा चढ्ने र केही कठिन भूभागका लागि विकसित गरिएको बताएका छन् । हिमालयन बाइक ग्राहकहरुका लागि सरल, बहुमुखी र कहीं ड्राइभ गर्न सक्ने एड्भेन्चर टुरिङका नयाँ सेगमेन्ट बाइकको रुपमा निर्माण गरेको दाबी गरिएको छ ।

रोयल इन्फिल्डको लाइनअपमा हन्टर ३५०, क्लासिक ३५०, मेटियर ३५० क्रुजर, ६५० ट्विन बाइक इन्टरसेप्टर र कन्टिनेन्टल जीटी, हिमालयन एड्भेन्चर टुरर र स्क्राम ४११ एडीभी क्रसओभर र बुलेट ३५० समावेश छन् ।

भविष्यमा यो बाइक नेपाली बजारमा पनि उपलब्ध हुने अपेक्षा गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

आगामी शनिबार रोयल इन्फिल्ड हन्टर कार्निभल आयोजना हुने

आगामी शनिबार रोयल इन्फिल्ड हन्टर कार्निभल आयोजना हुने

काठमाडौं – रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभले...

क्रसफायर ट्रयाकर २५० सोल्ड आउट, अब बुकिङ गर्नेले केही समय पर्खिनु पर्ने

क्रसफायर ट्रयाकर २५० सोल्ड आउट, अब बुकिङ गर्नेले केही समय पर्खिनु पर्ने

काठमाडौं – नेपाली बजारमा केही समय अघि भित्रिएको क्रसफायरको नयाँ मोटरसाइकल...

बढ्दै छ एड्भेन्चर बाइकमा आकर्षण : यी हुन् २०२३ मा लन्च हुने नयाँ एड्भेन्चर बाइक

बढ्दै छ एड्भेन्चर बाइकमा आकर्षण : यी हुन् २०२३ मा लन्च हुने नयाँ एड्भेन्चर बाइक

दुई पाङ्ग्रे सवारी साधनको बजार दिन प्रतिदिन विकसित हुँदै गइरहेको छ । अहिले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...