रोयल इन्फिल्डद्धारा हिमालयन ६५० को परिक्षण सुरु, यस्तो हुनेछ नयाँ मोटरसाइकल

रोयल इन्फिल्डले आफ्नो नयाँ एड्भेन्चर मोटरसाइकल हिमालयन ६५० को परिक्षण सुरु गरेको छ । सो नयाँ मोटरसाइकल भारतमा परिक्षणका क्रममा पहिलोपटक देखापरेको छ । स्पाई तस्विर अनुसार यसमा स्पोक्ड ह्वील, अगाडि डुअल पेटल डिस्क ब्रेक अप, साइजेबल इन्स्ट्रुमेन्ट क्लस्टर, फुल एडजस्ट गर्न मिल्ने यूएसडी फोर्क, मेटी अपस्वेप्ट एक्जास्ट, स्प्लिट सिट सेटअप र स्प्लिट ग्राब ह्यान्डल सामेल गरिएको छ ।

रोयल इन्फिल्डले ६५० सीसी एड्भेन्चर मोटरसाइकलको साथ प्रिमियम लुक्स प्रदान गर्ने तयारी गरेको छ । यसले केही हदसम्म डकार र्याली बाइकबाट प्रेरित नयाँ डिजाइन भाषा प्राप्त गर्ने अपेक्षा गरिएको छ । साथै यो यामाहा टेनेरे र होन्डा अफ्रिका ट्विन जस्तै लुक्समा उपलब्ध हुने अनुमान गरिएको छ ।

नयाँ मोटरसाइकलमा पुरानै ६४९ सिसी एयर÷ओइल–कूल्ड, प्यारलल–ट्विन सिलिन्डर इञ्जिन जडान हुनेछ । उक्त इन्जिनले ४७ बीएचपी र ५२ एनएम टर्क जेनेरेट गर्छ भने ६ स्पीड गियरबक्ससँग जोडिएको छ । यद्यपि, एड्भेन्चर मोटरसाइकलको क्यारेक्टर अनुरूप यस इन्जिनमा केही सुधार र रिम्यापिङ हुन सक्नेछ ।

हाल परीक्षणको प्रारम्भिक चरणमा रहेको नयाँ मोटरसाइकल २०२५ पछि आउने अनुमान गरिएको छ । यसको मूल्य ४ लाख भारु पने अनुमान गरिएको छ ।

सम्बन्धित समाचारहरू

नयाँ हन्टर ३५० बन्याे राेयल इन्फिल्डकाे नेपालमा उपलब्ध सबैभन्दा कम मूल्यकाे बाइक, यस्ता छन् फिचर

नयाँ हन्टर ३५० बन्याे राेयल इन्फिल्डकाे नेपालमा उपलब्ध सबैभन्दा कम मूल्यकाे बाइक, यस्ता छन् फिचर

काठमाडौं – नेपालका लागि रोयल इनफिल्डको आधिकारिक वितरक अल्फा अटोमोटिभले...

लिमिटेड एडिसनमा रोयल इन्फिल्डको शटगन ६५० लन्च हुने

लिमिटेड एडिसनमा रोयल इन्फिल्डको शटगन ६५० लन्च हुने

रोयल इन्फिल्डले शटगन ६५० को विशेष संस्करण ल्याउने भएको छ । यसलाई अमेरिकाको...

नयाँ कलर अपडेट सहित २०२५ रोयल इन्फिल्ड मेटियर ३५० लन्च

नयाँ कलर अपडेट सहित २०२५ रोयल इन्फिल्ड मेटियर ३५० लन्च

रोयल इन्फिल्डले आफ्नो नयाँ २०२५ मेटियर ३५० बाइक लन्च गरेको छ । मिडसाइज...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...