पहिलो ‘हिमालयन ओनर्स राइड’ सम्पन्न, २५ बढी मोटरसाइकल सहभागी
काठमाडौं–रोयल इन्फिल्ड हिमालयनमा सवार राइडरले नगरकोटसम्म यात्रा गरेका...
रोयल इन्फिल्डले आफ्नो नयाँ एड्भेन्चर मोटरसाइकल हिमालयन ६५० को परिक्षण सुरु गरेको छ । सो नयाँ मोटरसाइकल भारतमा परिक्षणका क्रममा पहिलोपटक देखापरेको छ । स्पाई तस्विर अनुसार यसमा स्पोक्ड ह्वील, अगाडि डुअल पेटल डिस्क ब्रेक अप, साइजेबल इन्स्ट्रुमेन्ट क्लस्टर, फुल एडजस्ट गर्न मिल्ने यूएसडी फोर्क, मेटी अपस्वेप्ट एक्जास्ट, स्प्लिट सिट सेटअप र स्प्लिट ग्राब ह्यान्डल सामेल गरिएको छ ।
रोयल इन्फिल्डले ६५० सीसी एड्भेन्चर मोटरसाइकलको साथ प्रिमियम लुक्स प्रदान गर्ने तयारी गरेको छ । यसले केही हदसम्म डकार र्याली बाइकबाट प्रेरित नयाँ डिजाइन भाषा प्राप्त गर्ने अपेक्षा गरिएको छ । साथै यो यामाहा टेनेरे र होन्डा अफ्रिका ट्विन जस्तै लुक्समा उपलब्ध हुने अनुमान गरिएको छ ।
नयाँ मोटरसाइकलमा पुरानै ६४९ सिसी एयर÷ओइल–कूल्ड, प्यारलल–ट्विन सिलिन्डर इञ्जिन जडान हुनेछ । उक्त इन्जिनले ४७ बीएचपी र ५२ एनएम टर्क जेनेरेट गर्छ भने ६ स्पीड गियरबक्ससँग जोडिएको छ । यद्यपि, एड्भेन्चर मोटरसाइकलको क्यारेक्टर अनुरूप यस इन्जिनमा केही सुधार र रिम्यापिङ हुन सक्नेछ ।
हाल परीक्षणको प्रारम्भिक चरणमा रहेको नयाँ मोटरसाइकल २०२५ पछि आउने अनुमान गरिएको छ । यसको मूल्य ४ लाख भारु पने अनुमान गरिएको छ ।
काठमाडौं–रोयल इन्फिल्ड हिमालयनमा सवार राइडरले नगरकोटसम्म यात्रा गरेका...
भारतमा सम्पन्न –याली अफ हिमालयाजको चौथो संस्करण अन्तर्गत ग्रुप डी अर्थात...
रोयल इन्फिल्डले नयाँ बाइक रोयल इन्फिल्ड गोन क्लासिक ३५० सार्वजनिक गरेको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...