सोलार रुफ भएको नयाँ इलेक्ट्रिक कार नेपाली बजारमा, रेन्ज ३०० किलोमिटर

नेपाली बजारमा पछिल्लो समय नयाँ इलेक्ट्रिक कार भित्रिएको छ । चीनमा उत्पादन भएको रेसिन्स सिटी कारलाई नेपाली बजारमा जिमिनी इन्कर्पोरेट प्रालिले आयत गरी ल्याएको हो । मंसिर महिनादेखी बिक्री शुरु गर्न लागिएको यो कारको अहिले वुकिङ खुल्ला गरिएको छ ।

यो सानो इलेक्ट्रिक कारमा २३ किलोवाट आवर क्षमताको लिथियम आयोन व्याट्री प्याक जडान गरिएको छ भने मोटरको क्षमता १५ किलोवाट रहेको छ । यो कारलाई एकपटक फुल चार्ज गर्दा ३०० किलोमिटर रेन्ज दिने दावी गरिएको छ ।

सोलार रुफ भएको यो कारले ३० प्रतिशत अतिरिक्त रेन्ज प्रदान गर्ने कम्पनीको भनाई छ । सानो साइजको व्याट्री र कम क्षमताको मोटर जडान गरिएका कारण यसलाई ग्राहकले घरमै उपलब्ध सामान्य प्लगको साहयतामा चार्ज गर्न सक्नेछन् । व्याट्रीलाई फुल चार्ज गर्न ४ देखी ५ घन्टासम्म लाग्ने वताइएको छ ।

यो कारको अर्को विशेषताका रुपमा २३० एमएमको उच्चतम ग्राउन्ड क्लिरियन्स रहेको छ । जुन नेपाली बजारमा हाल उपलब्ध इलेक्ट्रिक कारको तुलनामा सवैभन्दा बढी हो । उच्च ग्राउन्ड क्लिरियन्सका कारण नेपाली सडकका लागी यो उपयोगी हुने देखिएको छ ।

यसमा एउटा इन्ट्रि लेवल सिटी कारमा उपलब्ध हुनुपर्ने प्राय सवैजसो फिचर्स र सुविधा दिइएको छ । यो कारको इन्टेरियरमा अगाडी हेडरेष्ट सहितको सिट, स्टेरिङ ह्विल, एलसिडी प्यानल, मल्टि मिडिया टचस्क्रिन, रियल टाइम स्ट्याटस, फेव्रिक मटेरियल सिट, सन सिल्ड र कप होल्डर लगायत फिचर्स समेटिएको छ ।

कारलाई १०० किलोमिटर सम्मको उच्च गतिमा हाँक्न सकिन्छ । यसको सुरुवाती मूल्य २५ लाख रुपैयाँ कायम गरिएको छ ।

सम्बन्धित समाचारहरू

याडियाको नयाँ वर्ष अफर, शून्य प्रतिशत ब्याजदरमा स्कुटर किन्न पाइने

याडियाको नयाँ वर्ष अफर, शून्य प्रतिशत ब्याजदरमा स्कुटर किन्न पाइने

काठमाडौं–याडिया स्कुटरको नेपालका लागि आधिकारिक वितरक कुजु नेपाल...

डेलिभरी कम्पनीले लियो १० युनिट इलेक्ट्रिक मोटरसाइकल

डेलिभरी कम्पनीले लियो १० युनिट इलेक्ट्रिक मोटरसाइकल

काठमाडौं – डेलिभरी कम्पनी ड्यास लजिस्टिक एकै पटक १० युनिट विद्युतिय...

बीवाईडी सिगलले जित्यो वर्ल्ड अर्बन कार अफ द इयर अवार्ड

बीवाईडी सिगलले जित्यो वर्ल्ड अर्बन कार अफ द इयर अवार्ड

बीवाईडी सिगल अर्थात डल्फिन मिनीले प्रतिष्ठित वर्ल्ड कार अवार्ड कार्यक्रम...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...