सोलार रुफ भएको नयाँ इलेक्ट्रिक कार नेपाली बजारमा, रेन्ज ३०० किलोमिटर

नेपाली बजारमा पछिल्लो समय नयाँ इलेक्ट्रिक कार भित्रिएको छ । चीनमा उत्पादन भएको रेसिन्स सिटी कारलाई नेपाली बजारमा जिमिनी इन्कर्पोरेट प्रालिले आयत गरी ल्याएको हो । मंसिर महिनादेखी बिक्री शुरु गर्न लागिएको यो कारको अहिले वुकिङ खुल्ला गरिएको छ ।

यो सानो इलेक्ट्रिक कारमा २३ किलोवाट आवर क्षमताको लिथियम आयोन व्याट्री प्याक जडान गरिएको छ भने मोटरको क्षमता १५ किलोवाट रहेको छ । यो कारलाई एकपटक फुल चार्ज गर्दा ३०० किलोमिटर रेन्ज दिने दावी गरिएको छ ।

सोलार रुफ भएको यो कारले ३० प्रतिशत अतिरिक्त रेन्ज प्रदान गर्ने कम्पनीको भनाई छ । सानो साइजको व्याट्री र कम क्षमताको मोटर जडान गरिएका कारण यसलाई ग्राहकले घरमै उपलब्ध सामान्य प्लगको साहयतामा चार्ज गर्न सक्नेछन् । व्याट्रीलाई फुल चार्ज गर्न ४ देखी ५ घन्टासम्म लाग्ने वताइएको छ ।

यो कारको अर्को विशेषताका रुपमा २३० एमएमको उच्चतम ग्राउन्ड क्लिरियन्स रहेको छ । जुन नेपाली बजारमा हाल उपलब्ध इलेक्ट्रिक कारको तुलनामा सवैभन्दा बढी हो । उच्च ग्राउन्ड क्लिरियन्सका कारण नेपाली सडकका लागी यो उपयोगी हुने देखिएको छ ।

यसमा एउटा इन्ट्रि लेवल सिटी कारमा उपलब्ध हुनुपर्ने प्राय सवैजसो फिचर्स र सुविधा दिइएको छ । यो कारको इन्टेरियरमा अगाडी हेडरेष्ट सहितको सिट, स्टेरिङ ह्विल, एलसिडी प्यानल, मल्टि मिडिया टचस्क्रिन, रियल टाइम स्ट्याटस, फेव्रिक मटेरियल सिट, सन सिल्ड र कप होल्डर लगायत फिचर्स समेटिएको छ ।

कारलाई १०० किलोमिटर सम्मको उच्च गतिमा हाँक्न सकिन्छ । यसको सुरुवाती मूल्य २५ लाख रुपैयाँ कायम गरिएको छ ।

सम्बन्धित समाचारहरू

बीवाईडीले एट्टो३ लन्च गरे लगत्तै एमजीले जेडएस ईभीको बुकिङ पुनः खोल्नुको सन्देश

बीवाईडीले एट्टो३ लन्च गरे लगत्तै एमजीले जेडएस ईभीको बुकिङ पुनः खोल्नुको सन्देश

नेपालको इलेक्ट्रिक कार बजारमा लोकप्रिय वनिरहेका २ चिनियाँ ब्रान्ड एमजी र...

शनिबार र आइतबार केई गाडी टेष्ट ड्राइभ गर्दा आकर्षक उपहार पाइने

शनिबार र आइतबार केई गाडी टेष्ट ड्राइभ गर्दा आकर्षक उपहार पाइने

काठमाडौं – नेपालका लागि केई अटोमोबाइल्सको आधिकारिक विक्रेता लक्ष्मी...

प्रिमियम र स्मार्ट ह्याचब्याक नामी ०१ को प्रतीक्षा नेपालमा, यस्ता छन् ६ फरक विशेषता

प्रिमियम र स्मार्ट ह्याचब्याक नामी ०१ को प्रतीक्षा नेपालमा, यस्ता छन् ६ फरक विशेषता

नेपाली बजारमा नामी ०१ इलेक्ट्रिक ह्याचब्याकको बिक्री प्रारम्भ गर्ने...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...