राफ्ट इलेक्ट्रिक स्कुटरको नयाँ शोरुम महाराजगञ्जमा, कुलामान घिसिङले गरे उद्घाटन
राफ्ट इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक वितरक आईएमई...
जिमिनी इन्कर्पोरेट प्रालिले नेपाल ल्याएको रेसिन्स इलेक्ट्रिक कारको विक्री केही दिनपछि शुरु हुने भएको छ । यसको पहिलो लट चीनबाट नेपाल हिँडिसकेको र २ हप्तापछि नेपाल आउने कम्पनीका महाप्रवन्धक शुवास शर्माले नेपाल अटोलाई बताए । नेपाल आएपछि परिक्षण हुने र लगत्तै विक्री शुरु गर्ने तयारीमा आफूहरु रहेको शर्माको भनाई छ । पहिलो लटमा १० युनिट कार नेपाल ल्याउन लागिएको हो । यो सिटी कारको २ महिना अघिबाटै वुकिङ खुल्ला गरिएको थियो ।
यो सानो इलेक्ट्रिक कारमा २३ किलोवाट आवर क्षमताको लिथियम आयोन व्याट्री प्याक जडान गरिएको छ भने मोटरको क्षमता १५ किलोवाट रहेको छ । यो कारलाई एकपटक फुल चार्ज गर्दा ३०० किलोमिटर रेन्ज दिने दावी गरिएको छ ।
सोलार रुफ भएको यो कारले ३० प्रतिशत अतिरिक्त रेन्ज प्रदान गर्ने कम्पनीको भनाई छ । सानो साइजको व्याट्री र कम क्षमताको मोटर जडान गरिएका कारण यसलाई ग्राहकले घरमै उपलब्ध सामान्य प्लगको साहयतामा चार्ज गर्न सक्नेछन् । व्याट्रीलाई फुल चार्ज गर्न ४ देखी ५ घन्टासम्म लाग्ने वताइएको छ ।
यो कारको अर्को विशेषताका रुपमा २३० एमएमको उच्चतम ग्राउन्ड क्लिरियन्स रहेको छ । जुन नेपाली बजारमा हाल उपलब्ध इलेक्ट्रिक कारको तुलनामा सवैभन्दा बढी हो । उच्च ग्राउन्ड क्लिरियन्सका कारण नेपाली सडकका लागी यो उपयोगी हुने देखिएको छ ।
यसमा एउटा इन्ट्रि लेवल सिटी कारमा उपलब्ध हुनुपर्ने प्राय सवैजसो फिचर्स र सुविधा दिइएको छ । यो कारको इन्टेरियरमा अगाडी हेडरेष्ट सहितको सिट, स्टेरिङ ह्विल, एलसिडी प्यानल, मल्टि मिडिया टचस्क्रिन, रियल टाइम स्ट्याटस, फेव्रिक मटेरियल सिट, सन सिल्ड र कप होल्डर लगायत फिचर्स समेटिएको छ ।
कारलाई १०० किलोमिटर सम्मको उच्च गतिमा हाँक्न सकिन्छ । यसको सुरुवाती मूल्य २५ लाख रुपैयाँ कायम गरिएको छ ।
राफ्ट इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक वितरक आईएमई...
विभिन्न कम्पनीहरुले बजारमा इलेक्ट्रिक सवारी साधन ल्याउने कार्य गरिरहेका...
काठमाडौं – नेपाली बजारमा नयाँ ईभी भ्यान थपिएको छ । नेपालका लागि आधिकारिक...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...