यस्तो बन्यो टाटा नानोको ईभी अवतार

टाटा मोटर्सले सर्वसाधारणलाई सुविधा दिनका लागि नानो कार सार्वजनिक गरेको थियो, तर यो कारले बजारमा खासै सफलता नपाए पछि अन्ततः यसको उत्पादन बन्द गरिएको थियो । हाल, रतन टाटाको यो ड्रिम कारलाई इलेक्ट्रा ईभीले नयाँ रुप दिएको छ । रतन टाटाले सो नयाँ नानो निकै मनपरेको र आफूलाई सो कारमा घुम्नको लागि रोक्न नसकेको बताएका छन् ।

इलेक्ट्रिक सवारीका लागि पावरट्रेन बनाउने कम्पनी इलेक्ट्रा ईभीले सो कारलाई इलेक्ट्रिक कारमा परिणत गरेको हो । कम्पनीले रतन टाटालाई ७२भी नानो ईभी प्रदान गर्न पाउनु र उनको प्रतिक्रिया प्राप्त गर्न पाउनु ‘सुपर गर्व’ भएको बताएको छ ।

इलेक्ट्रा ईभीले सामाजिक सञ्जालमा रतन टाटासँगको नानो ईभीको तस्विर पनि शेयर गरेको छ । त्यो तस्विरमा रतन टाटाका साथै उनका सहयोगी शान्तनु नायडू पनि देखिएका छन् । कम्पनीले फोटोसँगै यो टिम इलेक्ट्रा ईभीको लागि मुभमेन्ट अफ ट्रुथ भएको र रतन टाटाको नानो ईभी प्रतिको राम्रो प्रतिक्रिया प्राप्त गर्न पाउँदा गर्व लागेको जानकारी दिएको छ ।

नानो ईभी ४ सिटर कार हो र यसको रेन्ज १६० किलोमिटर छ । यो कारले १० सेकेन्डभन्दा कम समयमा ० देखि ६० किलोमिटर प्रतिघन्टाको गति लिन्छ । यसमा लिथियम आयोन ब्याट्री प्रयोग गरिएको छ ।

नानो ईभीमा ७२भी आर्किटेक्चर प्रयोग गरिएको छ । टिगोर ईभीमा पनि यही पावरट्रेन प्रयोग गरिएको छ । कम्पनीले आफ्नो डिजाइन परिमार्जन गरी भारतको अटोमोटिभ रिसर्च एसोसिएसनद्वारा २१३ किलोमिटरको प्रमाणित दायरा हासिल गरेको छ । यसो गर्दा कम्पनीले पावरट्रेनमा कुनै फिजिकल परिवर्तन गरेको छैन ।

सम्बन्धित समाचारहरू

नेपाल भित्रिए एलएस अटोका २ नयाँ ईभी

नेपाल भित्रिए एलएस अटोका २ नयाँ ईभी

काठमाडौं – एलएस अटोका नयाँ मोडलका दुई ईभी नेपाल भित्रिएका छन् । नेपालको...

कमेडी च्याम्पियन सिजन–३ का विजेता सुनिल खड्काले जिते आकर्षक गाडी ‘नेटा भी’

कमेडी च्याम्पियन सिजन–३ का विजेता सुनिल खड्काले जिते आकर्षक गाडी ‘नेटा भी’

काठमाडौं – कमेडी च्याम्पियन सिजन–३ को बिजेता सुनिल खड्काले सिजी...

कार्लोसको नेपाल भ्रमणभर सीजी मोटर्सले एक्सपेङ जी६ ईभी उपलब्ध गराउने

कार्लोसको नेपाल भ्रमणभर सीजी मोटर्सले एक्सपेङ जी६ ईभी उपलब्ध गराउने

काठमाडाैं – ब्राजिलका महान फुटबलर रोबर्टो कार्लोसको नेपाल भ्रमणलाई सहज...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...