रसुवागढी नाकाबाट सवारी साधन भित्रिने क्रम बढ्दो, ८ महिनामा कति भित्रिए ?

काठमाडौं - उत्तरी नाका रसुवागढीबाट आर्थिक वर्ष २०८१/८२ को साउनदेखि फागुन मसान्तसम्म चार हजारभन्दा बढी चिनियाँ सवारीसाधन नेपाल भित्रिएका छन्। रसुवा भन्सार कार्यालयका सूचना अधिकारी रवीन्द्र प्याकुरेलका अनुसार साउनदेखि फागुनसम्म आठ महिनामा चार हजार छ सय ३७ ओटा सानाठूला सवारीसाधन भित्रिएका हुन्।

आयातित सवारीसाधनमा विशेषगरी विद्युतीय कार, भ्यान, माइक्रोबस तथा इन्धनबाट चल्ने गाडी छन्। सो नाकाबाट गत आव २०८०/८१ मा सात हजार तीन सय ७७ ओटा सवारीसाधन नेपाल भित्रिएको भन्सार कार्यालयले जनाएको छ।

यसैबीच रसुवागढी हुँदै नेपाल भित्रिएका तर नियमानुसार कानुनी प्रक्रिया पूरा गर्न बाँकी रहेका कैयौँ सवारीसाधन नाका नजिकैको टिमुरेस्थित खुला स्थानमा पार्किङ गरी राखिएका छन्। भन्सार छुटाउन सवारीसाधन धनी नआएका कारण सरकारी सुरक्षा घेराभित्र सयौँ सवारीसाधन लामबद्ध गरी राखिएको टिमुरे प्रहरी कार्यालयले स्पष्ट गरेको छ।

आयात गरिएका सवारीसाधनसहित अन्य सामानको तोकिएको ढाँचामा रसुवागढीस्थित टिमुरे भन्सार कार्यालयलाई ‘घोषणापत्र’ नबुझाएसम्म कार्यालयमा अभिलेख नरहने सूचना अधिकारी प्याकुरेलले बताए। घोषणापत्रको अभावमा बरबुझारथ हुन नसक्दा सवारीसाधनको विषयमा एकीन तथ्याङ्क बताउन नसकिने भन्सार कार्यालयको भनाइ छ।

सवारी साधनका अतिरिक्त स्याउ, कालो अङ्गुर, ड्रागन फ्रुट, किवी, हलुवाबेद, खजुर, आँप, सुन्तलालगायत फलफूल, मसलाजन्य वस्तु, चकलेट, बिस्कुट, नुडल्स फुड, लत्ताकपडा, पेय पदार्थलगायत सामगी चीनतर्फबाट आयात हुने गरेको भन्सार कार्यालयले स्पष्ट गरेको छ।

गत साउनदेखि फागुनसम्म आठ महिनामा आयात–निर्यातबाट रु १९ अर्ब १४ करोड २० लाख राजस्व सङ्कलन भएको प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईले जानकारी दिए। उनका अनुसार रसुवागढी भन्सार कार्यालयमा अहिले छ जना अधिकृतसहित ४३ कर्मचारी कार्यरत छन् ।

यसैबीच टिमुरेस्थित भन्सार कर्मचारीहरूले पहराको फेदमा जोखिम मोलेर काम गर्ने कर्मचारीलाई आवासको व्यवस्था नभएको र तोकिएको समयभन्दा बढी अवधि कार्यालयमा काम गर्दा अतिरिक्त सेवा–सुविधाको व्यवस्था नभएको गुनासो गरेका छन्। रासस

सम्बन्धित समाचारहरू

उड्दै नउडाई फिर्ता पठाइयो नाडा अटो शो २०२५ मा राखिएको फ्लाइङ ट्याक्सी

उड्दै नउडाई फिर्ता पठाइयो नाडा अटो शो २०२५ मा राखिएको फ्लाइङ ट्याक्सी

काठमाडौं – अटोमोबाइल व्यवसायीहरूको छाता संगठन अटोमोबाइल्स एसोसिएसन अफ...

ट्र्याकमा अफरोड क्षमता प्रमाणित गर्दै जेसिक्स इन्डिभिजुअल ह्विल ड्राइभ सम्पन्न

ट्र्याकमा अफरोड क्षमता प्रमाणित गर्दै जेसिक्स इन्डिभिजुअल ह्विल ड्राइभ सम्पन्न

ओमोडा एन्ड जेइको कम्पनी लिमिटेडको लागि नेपालको आधिकारिक वितरक एसपिजि...

चेरीको यो हाइब्रिड एसयूभीले बनायो विश्व रेकर्ड

चेरीको यो हाइब्रिड एसयूभीले बनायो विश्व रेकर्ड

चेरीको प्लग–इन–हाइब्रिड एसयूभी फुलविन टी१० ले सबैभन्दा लामो यात्रा गरेर...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...