रसुवागढी–केरुङ नाका आजबाट सञ्चालनमा आउने

कोरोना संक्रमण फैलिएसँगै बन्द रहेको रसुवागढी–केरुङ नाका बिहीबारदेखि खुला हुने भएको छ । 

चीनको केरुङबाट सामान बोकेका १४ वटा कन्टेनर बिहीबार रसुवागढी नाका आइपुग्नेछन् । जिल्ला प्रशासन कार्यालय रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी दयाराम पौडेलका अनुसार चिनियाँ पक्षबाट व्यापारिक नाका खुला हुने सन्देश बुधबार पाएको हो ।

नेपाल भ्रमणमा रहेका चिनिया जनकंग्रेसका अध्यक्ष ली चान्शुले बिहिबार मात्रै राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटवार्तामा पनि नाका खुलाउनेबारे जानकारी गराएका थिए । त्यसपछि जिल्ला प्रशासन कार्यालय रसुवालाई पनि नाका खोल्नेबारे सन्देश आएको हो । सन्देशमा कोरोना महामारीको संक्रमणका कारण बन्द गर्नु परेको र संक्रमण कम भएसँगै खुला गरिएको उल्लेख छ ।

सिन्धुपाल्चोकको तातोपानी नाका पनि एकतर्फी खुला भएको छ । चीनबाट नेपाली सामान बोकेका ११ वटा कन्टेनर दैनिक नेपालतर्फ आइरहेको प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले जानकारी दिए । खनालका अनुसार नेपालले  दुईतर्फी रूपमा सवारीसाधनको आवतजावत खुला हुनुपर्ने माग गर्दै आए पनि चीनले त्यसबारे कुनै प्रतिक्रिया दिएको छैन । कोरोना संक्रमण सुरु भएसँगै दुवै नाका तीन वर्षदेखि बन्द थिए ।

सम्बन्धित समाचारहरू

निषेधाज्ञामा पनि घर-घरमै फलफूल, तरकारी र मासुको होम डेलिभरी गर्दै इ फार्म

निषेधाज्ञामा पनि घर-घरमै फलफूल, तरकारी र मासुको होम डेलिभरी गर्दै इ फार्म

गाउँका किसानलाई शहरका उपभोक्तासँग जोड्दै आएको इ फार्मले कोभिड–१९ को विषम...

यस्तो छ गण्डकी प्रदेशको सवारी कर : २०० प्रतिशत जरिवानाका कारण विवाद

यस्तो छ गण्डकी प्रदेशको सवारी कर : २०० प्रतिशत जरिवानाका कारण विवाद

गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि तोकेको सवारी साधन कर पहिले...

ड्राइभिङ लाइसेन्सकाे नयाँ नियम लागु हुने

ड्राइभिङ लाइसेन्सकाे नयाँ नियम लागु हुने

काठमाडौं- सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षाका लागि...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...