प्रतिष्ठित युरोपेली कम्पनीको विभिन्न रेन्जका गाडी नेपालमा : सेडान देखि लक्जरी एसयूभी सम्म

स्कोडाका विभिन्न रेन्जका गाडी नेपाली बजारमा उपलब्ध छन् । नेपालका लागि आधिकारिक वितरकको रुपमा एमएडब्ल्यु इन्टरप्राइजेजले स्कोडाका गाडी नेपाली बजारमा बिक्री–वितरण गरिरहेको छ ।

युरोपेली देश चेक रिपब्लिकमा बनेका स्कोडाका गाडी थ्रिलिङ डिजाइन, प्रिमियम इन्टेरियर, द लेटेस्ट कनेक्टिभिटी अप्सन र हाई–इन्ड टेक्नोलोजीका लागि प्रख्यात छन् । पारिवारिक भ्रमण होस् वा बिजनेस ट्रिप, दुवै अवस्थामा स्कोडाले साथ दिने गरेको छ । १२० वर्ष भन्दा लामो इतिहास भएको स्कोडा ब्रान्ड छनोट गर्नु नेपाली ग्राहकका लागि समेत उपयुक्त विकल्प हुने एमएडब्ल्यु इन्टरप्राइजेजको भनाइ छ ।

स्कोडाका सेडान देखि लक्जरी एसयूभी सम्म विभिन्न मूल्य रेन्जका कार नेपाली बजारमा उपलब्ध छन् । ती मध्ये परफेक्ट सिटी ड्राइभका लागि स्लिक सेडान कार उपयुक्त हुन सक्छन् भने ड्राइभिङलाई थप प्रिमियम फिल दिनका लागि लक्जरी एसयूभी उपयुक्त हुन सक्छन् ।

सेडानका लागि नेपाली बजारमा रुचाइने कार डिलर ब्रान्ड मध्ये एक महत्वपूर्ण डिलर स्कोडा हो । नेपाली बजारमा उपलब्ध स्कोडाका सेडान स्कोडा ¥यापिड र स्कोडा सुपर्व हुन् । त्यसैगरी स्कोडाका अन्य एसयूभी मोडल समेत नेपाली बजारमा उपलब्ध छन् ।

स्कोडा -यापिड
स्कोडा -यापिड पहिले १.६ एमपीआई इन्जिनमा आउने गरेको थियो । हाल यो १ं० टीएसआई इन्जिनमा आउने गरेको छ । नेपाली बजारमा यो एक्टिभ राइडर, एक्टिभ राइडर प्लस, एम्बिसन, ओनिक्स, स्टाइल र मोन्टे कार्लो गरी विभिन्न ६ भेरिएन्टमा उपलब्ध छ । म्यानुअल र अटोमेटिक दुवै ट्रान्समिसनमा उपलब्ध यो गाडीको मूल्य ३६ लाख ९० हजार देखि ५१ लाख ९० हजार रुपैयाँ सम्म छ । स्कोडा -यापिडमा १.० लिटर, थ्री सिलिन्डर, टीएसआई टर्बो पेट्रोल इन्जिन छ, जसले ११० बीएचपी पावर र १७५ एनएम टर्क जेनेरेट गर्छ । यसमा पाँच जना व्यक्ति बस्न मिल्ने सुविधा छ ।

स्कोडा सुपर्व
स्कोडा सुपर्व स्कोडाको प्रिमियम सेडान हो । सन् २००१ देखि उत्पादन प्रारम्भ भएको स्कोडा सुपर्व हाल २.० टीएसआई अटोमेटिक ट्रान्समिसनमा उपलब्ध छ । यसले १८८ एचपी पावर र ३२० एनएम टर्क जेनेरेट गर्छ । यसको मूल्य १ करोड ३९ लाख रुपैयाँ छ ।

स्कोडा कारोक
एम्बिसन प्लस भेरिएन्टमा नेपाली बजारमा उपलब्ध स्कोडा कारोक ५ सिटर प्रिमियम एसयूभी हो । फक्सवागन ग्रुपको एमक्यूबी प्लेटफर्ममा २०१७ मा लन्च गरिएको स्कोडा कारोकमा २.० टीडीआई अटोमेटिक ट्रान्समिसनयुक्त डिजेल इन्जिन छ । यसले १४१ एचपी पावर र ३२० एनएम टर्क जेनेरेट गर्छ । सिटी ड्राइभका लागि उपयुक्त मानिने स्कोडा कारोकको मूल्य १ करोड ३१ लाख रुपैयाँ छ ।

स्कोडा कोडियाक
स्कोडा कोडियाक ७ सिटर बलियो एसयूभी हो, जसले यो गाडी धेरै नै महत्वपूर्ण र आवश्यक छ भन्ने अनुभूति गराउछ । यसमा भएको २.० टीडीआई अटोमेटिक इन्जिनले १४८ एचपी पावर र ३४० एनएम टर्क जेनेरेट गर्ने क्षमता राख्छ । हालै एमएडब्ल्युले स्कोडा कोडियाक फेसलिफ्ट समेत लन्च गरेको छ । यसको मूल्य १ करोड ७१ लाख रुपैयाँ तोकिएको छ ।

स्कोडा कुशाक
सन् २०२१ मा नेपाली बजारमा लन्च गरिएको १.० टीएसआई इन्जिनयुक्त स्कोडा कुशाक ५ सिटर कम्प्याक्ट एसयूभी हो, जुन यो क्याटागोरीमा धेरै बिक्री हुने कारमा गनिन्छ । यसमा भएको इन्जिनले ११४ एचपी पावर र १७८ एनएम टर्क जेनेरेट गर्छ । यसको मूल्य ४९ लाख ९० हजार देखि ७१ लाख ४० हजार रुपैयाँ सम्म छ । म्यानुअल र अटोमेटिक दुवै ट्रान्समिसनमा उपलब्ध स्कोडा कुशाक एक्टिभ, एम्बिसन र स्टाइल गरी तीन भेरिएन्टमा उपलब्ध छ ।

सम्बन्धित समाचारहरू

फोटोन मोटर्सले दसैंको अवसरमा एक हप्ता फ्रि सर्भिस एन्ड ड्राइभर क्याम्प संचालन गर्ने

फोटोन मोटर्सले दसैंको अवसरमा एक हप्ता फ्रि सर्भिस एन्ड ड्राइभर क्याम्प संचालन गर्ने

काठमाडौं – फोटोन मोटर्सले आफ्नो ग्राहकवर्गलाई दसैंको शुभकामनाका साथमा...

नयाँ संरचनामा दाङमा खुल्यो जेसीबीको विश्व स्तरिय सुविधा सम्पन्न शाखा कार्यालय

नयाँ संरचनामा दाङमा खुल्यो जेसीबीको विश्व स्तरिय सुविधा सम्पन्न शाखा कार्यालय

काठमाडौं – नेपालका लागि जेसीबीको आधिकारीक विक्रेता एमएडब्लु अर्थमुर्भस...

नेपाली बजारमा सार्वजनिक भयो जिपको नयाँ कम्पास

नेपाली बजारमा सार्वजनिक भयो जिपको नयाँ कम्पास

काठमाडौं – नेपालका लागि जिप एसयूभीको आधिकारिक विक्रेता एमएडब्लु लाइफले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...