-याली अफ हिमालयाज विजेता साह रोयल इन्फिल्ड नेपालद्वारा सम्मानित

काठमाडौँ – भारतमा सम्पन्न -याली अफ हिमालयाजको चौथो संस्करण अन्तर्गत ग्रुप डी अर्थात् रोयल इन्फिल्ड क्लासमा विजयी बनेका नेपाली राइडर दीपक साहलाई रोयल इन्फिल्ड नेपाल (अल्फा अटोमोटिभ) द्वारा सम्मान गरिएको छ ।

साहले रोयल इन्फिल्ड हिमालयन ४११ मोटरसाइकल चलाएर नेपालको प्रतिनिधित्व गरेका थिए । रोयल इन्फिल्ड हिमालयन ४११ चलाएर नेपालको प्रतिनिधित्व गरेका राइडर साहलाई रोयल इन्फिल्ड नेपालले काठमाडौंको एटिक रेस्टुरेन्टमा ७० जना जति नेपालका अनुभवी, भेटरान राइडरसहित सम्मान गरेको हो ।

उनले असोज १६ गतेदेखि २० गतेसम्म (२ अक्टोबर – ६ अक्टोबर) भारतमा आयोजना भएको -याली अफ हिमालयाजको चौथो संस्करणमा रोयल इन्फिल्ड हिमालयन ४११ चलाएर नेपालको प्रतिनिधित्व गरेका थिए । यो रोमाञ्चक अफरोड मोटरस्पोर्ट इभेन्ट चुनौतीपूर्ण भू–भाग, अप्रत्याशित मौसम र हिमालयन मार्गहरूको लागि प्रसिद्ध छ।

भारतको हिमाचल प्रदेशस्थित मनालीबाट रोहताङ पास, काजा र स्पिति भ्याली सम्मको करिव ६ सय किलोमिटर दुरीमा सो प्रतियोगिता भएको थियो । सो अवसरमा कठिन भौगोलिक बनावट र करिव ४ हजार ५५१ किलोमिटर सम्म उचाई भएको कुन्जुम पास समेत राइडरहरुले पार गरेका थिए ।

एक कार्यक्रमका बिच हिमालयन एक्स्ट्रिम मोटरस्पोर्ट्सका चिफ तथा १२ पटक सम्मका रेड डी हिमालय तथा अन्य धेरै -याली विजेता सुरेश रानाले राइडर साहलाई ट्रफी हस्तान्तरण गरेका थिए । राइडर साहले नेपालीको पहिचान ढाका टोपी र राष्ट्रिय झन्डा साथमा लिएर ट्रफी ग्रहण गरेका थिए ।

विश्व मोटरसाइकल फेडरेसन (एफआईएम) सँग आवद्ध भारतको संस्था फेडरेसन अफ मोटर स्पोर्ट्स क्लब अफ इन्डिया (एफएमएससीआई) मा रजिस्टर भएको सो इभेन्टमा एफआईएम तथा एफएमएससीआईको विभिन्न नियम पालना गर्नु आवश्यक हुन्छ । सो -यालीमा टाइम, स्पिड र डिस्ट्यान्स (टीएसडी) का आधारमा विजेता छनोट गरिन्छ ।

अनुभवी र उत्साही मोटरसाइकल चालक साहले रोयल इन्फिल्ड हिमालयन ४११ चलाएका थिए, जुन बाइक स्थायित्व, कठोरता, र कठिन परिस्थितिमा प्रदर्शनको लागि परिचित छ। नेपालको प्रतिनिधित्व मात्र नभई विजेता समेत बनेर सफलताका साथ समापना भएको सो इभेन्टले देशमा मोटर स्पोर्ट्सप्रति बढ्दो प्रतिभा र उत्साहलाई प्रदर्शन गर्ने महत्वपूर्ण चरणलाई दर्शाउछ ।

-याली अफ हिमालयाज एउटा अन्तर्राष्ट्रिय इभेन्ट हो जसले संसारभरका शीर्ष राइडरहरूलाई आकर्षित गर्दछ र यसले राइडरको सीप र मेसिनको सहनशीलतालाई पृथ्वीका केही सबैभन्दा चरम भू–भागमा परीक्षण गर्ने प्लेटफर्मको रूपमा कार्य गर्दछ। इभेन्टले शारीरिक र मानसिक सहनशीलताको कठिन परीक्षण गर्दछ, जहाँ सहभागीहरूले सबैभन्दा उचाईका पासहरू, ठाडो पहाडी ट्र्याकहरू र चट्टानी सडकहरूमा नेभिगेट गर्नुपर्छ।

दीपक साहले सन् २०१७ र २०१८ मा समेत रेड डी हिमालय भाग लिएका थिए । त्यसैगरी २०२२ मा –याली अफ चाम्बामा समेत सहभागी भएका थिए । उनी रोयल इन्फिल्ड क्याटागोरीमा सन् २०१८ को रेड डी हिमालय र –याली अफ चाम्बाको विजयी समेत बनेका थिए ।

सम्बन्धित समाचारहरू

रोयल इन्फिल्ड पोकर रन पोखरा प्रस्थान, धुमधामका साथ मनाइदै नयाँ वर्ष

रोयल इन्फिल्ड पोकर रन पोखरा प्रस्थान, धुमधामका साथ मनाइदै नयाँ वर्ष

काठमाडौं – रोयल इन्फिल्ड राइडरहरु सहभागी पोकर रन पोखरातिर प्रस्थान गरेको...

पर्यटकीय स्थलको प्रवर्द्धन गर्दै राेयल इनफिल्डले सम्पन्र ग-याे लेडी राइडर्स मिट

पर्यटकीय स्थलको प्रवर्द्धन गर्दै राेयल इनफिल्डले सम्पन्र ग-याे लेडी राइडर्स मिट

काठमाडौँ – विश्वमा सबैभन्दा पुरानो मोटरसाइकल उत्पादक कम्पनी, “रोयल...

रोयल इन्फिल्डका मोटरसाइकल नेपालमै एसेम्वल हुने, वार्षिक ८ हजार युनिट उत्पादन गर्ने लक्ष्य

रोयल इन्फिल्डका मोटरसाइकल नेपालमै एसेम्वल हुने, वार्षिक ८ हजार युनिट उत्पादन गर्ने लक्ष्य

रोयल इन्फिल्ड मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक त्रिवेणी समुहले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...