फर्मुला वान इन स्कुल्सको लागि नेपाली टिम सिंगापुर जादै
काठमाडौ इन्जिनियरिङ्ग कलेजका दुई विद्यार्थी सहित चार सदसीय नेपाली टिम...
कठमाडौं – नेपाल अटोमोबाइल्स एसोसिएसनको आयोजनामा अन्तर्राष्ट्रिय तथा राष्ट्रिय प्रशिक्षकहरुद्वारा ७४ जना प्रविधिकलाई -यालीक्रस र अटोक्रस सम्बन्धी मार्शल तालिम दिइएको छ ।
एफआईए ग्रान्ट प्रोगाम तथा बागमती खेलकुद विकास परिषदको सहयोगमा भएको सो तालिमको उद्घाटन शत्रमा अन्तर्राष्ट्रिय अटोमोबाइल महासंघ (एफआईए)का एशिया प्यासिफिक स्पोर्ट्स कोअर्डिनेटर विजिथा विजेमाने, राखेपका बोर्ड सदस्य अञ्जन धमला, कर्णाली प्रदेश खेलकुद परिषदका सदस्य सचिव विश्वामित्र सञ्जेल, नेपाल अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष दशरथ रिसाल र सल्लाहकार ठाकुर प्रसाद न्यौपानेले सुभकामना दिएका थिए ।
नेपाल अटोमोबाइल्स एसोसिएसनका कार्यकारी निर्देशक गोविन्द भट्टराईले संघको नीति, योजना तथा कार्यक्रम, श्रीलङ्कन प्रशिक्षक विजिथा विजेमानले -यालीक्रस र अटोक्रसको प्राविधिक पक्ष र इभेन्ट व्यवस्थापन तथा कम्युनिकेसनबारेमा प्रशिक्षण दिए ।
त्यस्तै एसोसिएसनका वरिष्ठ उपाध्यक्ष डा. बुलन्द थापाले रेसिङमा मेडिकल सेफ्टी र रेस्पोन्स, उपाध्यक्ष अनिल कुमार बरालले मार्सल झण्डा र सिग्नल तथा मार्सल र ट्रेनिङ कमिसनका प्रमुख यदुराज लामिछानेले रेसिङमा मार्सलको रोल तथा दायित्वको बारेमा प्रस्तुत गरे ।
नेपालभरिका मोटरस्पोर्ट्ससँग सम्बन्धित अफिसियल, इन्जिनियर, प्रविधिक तथा ड्राइभरहरु समेतको सक्रिय सहयागिता रहेको सो तालिमको संयोजन संघका सचिव सन्तोष न्यौपानेले गरेका थिए । अन्तर्राष्ट्रियस्तरको मार्सल तयार गर्ने समेत उद्देश्य रहेको सो तालिमद्वारा आगामी एक दशकमा नेपालमा संचालन गर्ने मोटरस्पोर्ट्सका आवश्यक प्राविधिक जनशक्तिको तयारी गरिनेछ ।
त्यस्तै प्रशिक्षक तथा अफिसियलको निगरानीमा ललितपुरको मलपोखरीमा बनाइएको अस्थायी ट्रयाकमा रेसिङ सहितको मार्सलिङ प्राक्टिकल सेशन पनि सम्पन्न भएको छ । सो तालिममा संघका विभिन्न प्रदेश संघका अध्यक्ष तथा अन्य पदाधिकारी समेतको उपस्थिति रहेको थियो ।
काठमाडौ इन्जिनियरिङ्ग कलेजका दुई विद्यार्थी सहित चार सदसीय नेपाली टिम...
काठमाडौं – नासा नेपाल र साइकल कल्चर मुभमेन्ट नेपाल तथा धुलिखेल नगरपालिका...
काठमाडौं – छैटौं यूएन ग्लोबल रोड सेफ्टी विकको उपलक्ष्यमा रोड सेफ्टी क्विज...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...