राजन पिया बने बागमती अटोमोबाइल्स एसोसिएसनको अध्यक्ष, भोलि चितवन महिला मोटर -याली हुने

चितवन - मोटर स्पोर्ट्स, अटोमोबाइल, मोबिलिटी, ड्राइभ टुरिजम, मोटरसाइक्लिङ स्पोर्ट्स, पावर बोटिङ, ई–स्पोर्ट्स र रोड सेफ्टी लगायतका क्षेत्रमा क्रियाशील बागमती प्रदेश अटोमोबाइल्स एसोसिएसनको प्रथम साधारण सभा तथा निर्वाचन चितवन उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न भयो ।

बागमती प्रदेशका ८ जिल्लाका अटोमोबाइल व्यवसायी, खेलाडी तथा प्राविधिकहरु, साहसिक र खेल पर्यटन प्रवर्धकहरु, दिगो सडक र सुरक्षित यातायातका क्षेत्रमा संलग्न विज्ञ तथा अभियन्ताहरुको सहभागितामा सम्पन्न सो साधारण सभाले चितवनका राजन पियाको अध्यक्षतामा आगामी चार वर्षका लागि १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

कार्यसमितिको उपाध्यक्षमा राम कुमार शाही ठकुरी र सीता केसी, सचिवमा यज्ञ प्रसाद पौडेल र कोषाध्यक्षमा जनक कुमार ढकाल निर्वाचित भए । त्यसैगरी सदस्यहरुमा पियुष गजुरेल, दिपेश योगल श्रेष्ठ, लोमश अधिकारी र सुनिता रेग्मी निर्वाचित भए ।

सोही निर्वाचित कार्यसमितिले उपाध्यक्षमा राजेन्द्र प्रसाछे, सचिवमा निमेष बर्तौला र सदस्यहरुमा आरुषी थापा र विमल पौडेललाई मनोनित गरेको छ ।

एफआईए वर्ल्ड काउन्सिल मेम्बर गोविन्द भट्टराई, चितवन अटोमोबाइल डिलर्स एसोसिएसनका सचिव कमल अधिकारी र मिडियाकर्मी एकराज सुवेदी सहितको निर्वाचन समितिले सो निर्वाचन सम्पन्न गरेको थियो ।

सो अवसरमा साधारण सभाले चितवन महिला मोटर -याली तथा नेपाल अटो जिमखाना आयोजना गर्ने, भरतपुर – सिगात्से – ल्हासा मोटर -याली जस्ता अन्तराष्ट्रिय -याली आयोजना गर्ने, नेसनल अटोक्रस च्याम्पियनसिप आयोजना गर्ने, भरतपुर महानगरमा कार्ट्स सेन्टर निर्माण गर्ने, हेटौडामा ट्रयाक निर्माणमा सहयोग गर्ने, भरतपुरमा मोटरसाइकल कार्निभल आयोजना गर्ने, वाटर स्पोर्ट्स गेमको आयोजना गर्ने, युथ फर रोड सेफ्टी वर्कशप सम्पन्न गर्ने, सदस्यता वृद्धि, मार्सल र ड्राइभर तालिम आयोजना गर्ने, अन्तर्राष्ट्रिय सहभागिता जनाउने, र बागमती प्रदेशका अर्थ, यातायात, खेलकुद तथा पर्यटन मन्त्रालयमा नीतिगत सुधारका लागि सुझाव तथा माग पेश गर्ने गरी ११ वटा कार्ययोजना पारित गरेको छ । सो साधारण सभाले विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय व्यावसायिक संघ महासंघहरुमा आबद्ध हुने निर्णय समेत गरेको बताइएको छ ।

साधारण सभाको उदघाटन नेपाल अटोमोबाइल्स एसोसिएन (नासा नेपाल) का अध्यक्ष दशरथ रिसालले गरेका थिए । कार्यक्रममा नेपाल अटोमोबाइल्स एसोसिएसनका सचिवद्वय सन्तोष न्यौपाने र दिप्रश शाक्य, सहकोषाध्यक्ष कमला क्षेत्री, ट्रेनिङ कमिसनका सचिव आशीष रौनियार र ई–स्पोर्ट्स तथा ड्रोन कमिसनका सचिव अंकित भण्डारी लगायतको उपस्थिति थियो ।

बागमती प्रदेश खेलकुद विकास परिषदकी बोर्ड सदस्य नवीना खनिया र एफआईए वर्ल्ड काउन्सिल मेम्बर गोविन्द भट्टराई समेतको उपस्थितिमा सम्पन्न सो साधारण सभामा तदर्थ समितिको तर्फबाट प्रगति प्रतिवेदन र संशोधित विधान प्रस्ताव प्रस्तुत गरियो, जसलाई साधारण सभाले सर्वसम्मतले पारित ग-यो ।

स्मरण रहोस्, सोही संघको आयोजनामा मार्सल ट्रेनिङ तथा ड्राइभर ओरिएन्टेसन कार्यक्रम सम्पन्न भएको छ भने भोलि सोमबार चितवन महिला मोटर -याली र स्पेसल स्टेजको रुपमा नेपाल अटो जिमखाना नामक प्रतिस्पर्धा चितवनमा नै आयोजना हुँदैछ ।

सम्बन्धित समाचारहरू

सडक सुरक्षाको लागि राजनीतिक पार्टी तथा सरकारलाई सुझाव दिइने

सडक सुरक्षाको लागि राजनीतिक पार्टी तथा सरकारलाई सुझाव दिइने

काठमाडौं – आम निर्वाचनको संघारमा नेपलका सडक यातायातको क्षेत्रलाई...

ट्रान्स–हिमालय एड्भेन्चर अन्तर्गत मोटोखानाका विजेताहरु पुरस्कृत, समापन भयो टुरिङ र रेसिङ

ट्रान्स–हिमालय एड्भेन्चर अन्तर्गत मोटोखानाका विजेताहरु पुरस्कृत, समापन भयो टुरिङ र रेसिङ

पोखरा – मोटरसाइकल टुरिङ र रेसिङ अर्थात ट्रान्स–हिमालय एड्भेन्चर...

धुलिखेलमा सम्पन्न भयो साइकल तथा पैदलयात्री सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम

धुलिखेलमा सम्पन्न भयो साइकल तथा पैदलयात्री सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम

सातौँ संयुक्त राष्ट्रसंघ विश्वव्यापी सडक सुरक्षा सप्ताह नेपालमा पनि...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...