टाटा पन्चको ऐतिहासिक कीर्तिमान, ५ वर्ष नपुग्दै ८ लाख बिक्री
टाटा पन्चले भारतीय अटोमोबाइल बजारमा नयाँ इतिहास रचेको छ। सन् २०२१ को...
राजनबाबु श्रेष्ठ सिप्रदी कम्पनिजका सीईओ हुन् । नेपालमा टाटा गाडीको आधिकारिक वितरक समेत रहेको सिप्रदी ट्रेडिङ कम्पनी यसै अन्तर्गत पर्छ । आगामी मंसिर २३ गते हुने नाडाको निर्वाचनमा श्रेष्ठ करण चौधरीको प्यानलबाट चुनावी प्रतिस्पर्धामा होमिएका छन् ।
यसै सन्दर्भमा आगामी चुनाव र उनको प्यानल तथा रणनीति वारेमा श्रेष्ठसँग गरिएको कुराकानी :
नाडाको नयाँ नेतृत्वमा तपाइले करण चौधरीको प्यानलबाट उम्मेदवारी दिनुभएको छ, यसका पछाडि खास कारण केही छ कि ?
सर्वप्रथम यो जानकारी दिन चाहन्छु कि निर्वाचनमा जानुभन्दा सहमतिबाट नै उपाय खोजौं भन्ने हाम्रो चाहना थियो । विभिन्न चरणको छलफल, सहमतिको प्रस्तावबाट पनि सहमतिको बाटोको सिर्जना हुन नसकेपछि अन्तिममा पूर्व अध्यक्षहरुसँगको छलफलबाट अन्ततः निर्वाचनमै जानुपर्ने अवस्था आएको हो । र, कुरा आयो करण चौधरीको प्यानलको । हामीले प्यानल रोज्ने वा नरोज्ने भन्दा पनि हामी सम्पूर्ण अटो व्यवसायीको हित र संगठनलाई थप मजबुत र प्रभावशाली बनाएर अटोमोबाइल व्यवसायलाई अझै नयाँ उचाईमा पु-याउन जुन उद्देश्य लिएर हिडिएको छ, त्यसलाई पुरा गर्नका लागि त्यो मार्ग रोजेका हौं ।
यो प्यानलमा तपाईलाई एक बलियो उम्मेदवारका रुपमा हेरिएको छ, चुनावी नतिजा आफ्नो पक्षमा आउनेमा कत्तिको विश्वस्त हुनुहुन्छ ?
हाम्रो प्यानलको उम्मेदवारहरुको वास्तविक पाश्र्वचित्र सबैले आफै हेर्न सक्नुहुन्छ । गाडी, मोटरसाइकल, पार्ट्स, ल्युब, ब्याट्री, टायर, सर्भिस सेन्टर, खुद्रा रिटेल पसलसम्मका व्यवसायीहरुको टिम हामीले निर्माण गरेका छौं । हाम्रो समूहमा सबै विविध क्षेत्रका व्यवसायीहरुको मिश्रित टिम रहेको छ । हाम्रो समूहमा विगत २३ वर्ष भन्दा बढी यही अटो व्यवसायमा रहेर यही व्यवसायको उतारचढावमा अघि बढ्नुभएको अनुभवीदेखि यो व्यवसायमा अझै सम्भाव्यता छ भनेर लागि परिरहनु भएको नयाँ जोश र उर्जाको समावेशी रहेको छ । एक–अर्काको साथबिना अटो व्यवसायको विकास असम्भव छ । यही विषयलाई हामीले चुनावी एजेन्डा समेत बनाएका कारण पनि हाम्रो यो प्यानलले जीत हासिल गर्नेमा हामी ढुक्क छौ ।
नाडाको निर्वाचनलाई ठूला व्यावसायिक घरानाबीचको प्रतिस्पर्धाको रुपमा हेरिएको छ, यसले व्यवसायीबीच मनमुटाव सिर्जना हुने त होइन ?
हाम्रो प्यानलमा ठुला घरानाहरुको मात्र समूह छ भनेर आक्षेप विरोधी साथीहरुबाट आइरहेको हामीले पनि सुनेका हौ । तर हाम्रो प्यानलको उम्मेदवारहरुको वास्तविक पाश्र्वचित्र सबैले आफै हेर्न सक्नुहुन्छ । हाम्रो समूहमा सबै क्षेत्रबाट प्रतिनिधित्व गर्नुभएका ब्यावसायीहरुको समावेशी टिम रहेको छ । जसका कारण पनि यस प्रकारको आक्षेपको कुनै अर्थ छैन भन्ने प्रष्ट भएको छ । गाडी, मोटरसाइकल, पार्ट्स, ल्युब, ब्याट्री, टायर, सर्भिस सेन्टर, खुद्रा रिटेल पसल सम्मका व्यवसायीहरुको टिम हामीले निर्माण गरेका छौ । साथै हाम्रो लागि सबै अटो व्यवसायमा संलग्न सबै व्यवसायीहरुको दर्जा एउटै रहेको छ । एक–अर्काको साथविना अटो व्यवसायको विकास असम्भव छ । त्यसैले यो ठुला घराना, साना घरानाको मतभेद किन आइरहेको छ भन्ने कुरामा हामी अचम्मित छौं ।

आफू र आफ्नो प्यानलको पक्षमा मतदान गर्न व्यवसायीलाई के–कस्ता एजेन्डा सहित अपिल गर्न चाहनुहुन्छ ?
पछिल्लो समयमा नेपालको राजस्व संकलनमा सबै भन्दा धेरै योगदान दिने निजी क्षेत्रको छाता संगठनको रुपमा नाडाले आफ्नो महत्वपूर्ण उपस्थिति जनाइराखेको छ । नेपालको निजी क्षेत्रका संघ तथा संगठनहरुको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघमा वर्तमान र विगतमा पटक पटक नेतृत्वको बागडोर नाडाकै पूर्व अध्यक्षहरुले गरिरहनु भएको इतिहास छ । गर्विलो इतिहास बोकेर नेपालको सुनौलो भविष्यका लागि विशेष योगदान पु-याइरहेको निजी क्षेत्रको महत्वपूर्ण संगठन नाडाको आगामी कार्यसमिति निर्वाचनका लागि प्रत्यासी करण चौधरी र उहाँको नेतृत्व प्यानलका सदस्यहरुलाई भोट दिएर विजयी बनाउन हार्दिक अनुरोध गर्दछु ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...