पानी परेको समयमा सवारी साधनमा यात्रा गर्दा यी कुरामा ध्यान दिऔं

    मृत्यु, गम्भीर घाइते, घाइते, बेपत्ता, अलपत्र, विस्थापित, घरबारविहीन आदि । हरेक वर्ष बर्षायाम सुरु भएसँगै तपाई हामीले पढ्ने, हेर्ने र सुन्ने प्रमुख समाचार यिनै हुन्, यस्तै हुन् । हरेक वर्ष बर्षात्को समयमा हाम्रा लागि यी समाचारहरु नियति झै बनेका छन् । बर्षायाम सुरु भएपछि देशभरकै सडकको यात्रा जोखिमपूर्ण बन्दा तपाई हाम्रो यात्रा पनि जोखिमपूर्ण बनेको छ । 

वर्षायाममा सडक अवरुद्ध हुँदा सवारी साधनमा सर्वसाधारणको सहज पहुँच हुन सकिरहेको पाइँदैन । मुलुकका विभिन्न स्थानमा मौसमी प्रभावका कारण भएका सवारी दुर्घटनामा थुप्रै नागरिकले ज्यान गुमाएका र कैयौँ घाइते भएका दुःखद समाचार आइरहेका छन् ।

संसारका सबैजसो तथा विशेषतः विकासोन्मुख देशमा जस्तै नेपालमा पनि ठूलो जनसंख्याका निम्ति सडक यात्रा विकल्पविहीन माध्यम हो । सडक यात्रा ‘हुने–खाने देखि लिएर हुँदा–खाने’ सम्मको निर्विकल्प माध्यमसँगै यो हाम्रो जीवनशैली पनि हो । यद्यपि हामी कहाँ राष्ट्रिय राजमार्गकै अवस्था माथि प्रश्न उठिरहँदा तपाई हामी पनि यात्राका बखत गम्भीर अनि संवेदनशील भएर यात्रा गर्नुपर्दछ ।

आउनुहोस् विशेषतः बर्षाको समयमा यात्रा गर्दा सुरक्षाका निम्ति अपनाउनुपर्ने सावधानीका बारेमा जानकारी राखौ ।

पानीले बाहिरको देखाई अर्थात पारदर्शिता (Visibility) कम गर्छ र टायरको ग्रिप घटाउँछ, रोकिने दुरी बढाउँछ । पानी परेको बेलामा रोकिने दुरी दोब्बर हुने भएकोले सुरक्षित गतिमा मात्रै सवारी चलाउनु पर्छ ।

पानीले गर्दा सवारी दायाँ बायाँ मोड्न समेत अप्ठ्यारो पार्छ । तसर्थ मोड तथा घुम्तिमा, चोक जक्सनहरुमा तथा यू टर्न, राईट टर्न गर्दा विशेष सुरक्षा सावधानी अपनाउनु पर्दछ ।

सिसा ऐनाहरु तथा लाइटहरु बारम्बार सफा गर्नुपर्दछ ।

वासर बोटर, वाइपर ब्लेड आदि चेक गर्ने र यदि खिइएको वा राम्रोसँग काम नगर्ने अवस्था छ भने समयमै बदल्नु पर्दछ ।

पानी परेको समयमा सवारी साधन चलाउँदा डिप्ड हेडलाइट प्रयोग गर्ने ।

स्पिड घटाउने कम स्पिडमा चलाउने ।

गाडी पुछ्नका लागि सुक्खा कपडा गाडी भित्र राख्ने ।

विन्डो हिटर तथा हावाले सिसामा लागेको बाफ हटाउने, आवश्यक परे सिसा केही खोल्ने ।

अर्को सवारीले पानी छ्यापी तपाइको सिसा तत्काल नदेखिने हुन सक्छ । यसमा सचेत बन्नुहोस् ।

सडकमा भएको पानी याद गर्नुहोस ।

पैदल यात्रीको नजिकबाट जाँदा पानी, हिलो छ्यापिन सक्छ र विचार पु-याउनु होस ।

बाढीको समयमा खोला, नाला, तर्दा विचार पु-याउनु होस्

फोर ह्विलको प्रयोग गर्नुहोस ।

पानी पार गरे पछि बिस्तारै ब्रेक पम्प गरी ब्रेक चेक गर्नुहोस ।

विष्णु थापा
ट्राफिक प्रहरी वरिष्ठ नायव निरीक्षक

सम्बन्धित समाचारहरू

बढ्यो सार्वजनिक यातायातको भाडा, अब कहाँको कति ?

बढ्यो सार्वजनिक यातायातको भाडा, अब कहाँको कति ?

काठमाडौं – सरकारले हिजोदेखि लागू हुने गरी सार्वजनिक यातायातको भाडा बढाएको...

आयो सडक र रेल दुबैमा चल्ने विश्वको पहिलो ड्युअल मोड भेइकल अर्थात डीएमभी

आयो सडक र रेल दुबैमा चल्ने विश्वको पहिलो ड्युअल मोड भेइकल अर्थात डीएमभी

जापानले सार्वजनिक प्रयोगका लागि विश्वको पहिलो ड्युअल मोड गाडी अर्थात...

सडकको अवस्था जानकारी लिन क्युआर कोड स्क्यान गर्न सकिने, नेपाल प्रहरीले ल्यायो यस्तो सुविधा

सडकको अवस्था जानकारी लिन क्युआर कोड स्क्यान गर्न सकिने, नेपाल प्रहरीले ल्यायो यस्तो सुविधा

काठमाडौं – अविरल वर्षाका कारण देशभरको अवस्था अस्तव्यस्त बनेको छ । यसका...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...