राफ्ट इलेक्ट्रिक स्कुटरको नयाँ शोरुम महाराजगञ्जमा, कुलामान घिसिङले गरे उद्घाटन

राफ्ट इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक वितरक आईएमई इलेक्ट्रिकले महाराजगञ्जमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । गरिमा अटो कन्सर्नको नामले सञ्चालनमा आएको सो शोरुमको उद्घाटन नेपाल विद्युत प्राधिकरणका महानिर्देशक कुलमान घिसिङ र आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले वुधवार संयुक्त रुपमा गरेका हुन् ।

कार्यक्रममा कुलमान घिसिङले विद्युतीय सवारी साधनको प्रयोगले इन्धन आयात घटाउन र स्थानीय रूपमा उत्पादित बिजुलीको प्रयोगलाई प्रवद्र्घन गर्न मद्दत गर्ने वताए ।

कार्यक्रममा बोल्दै चन्द्रप्रसाद ढकालले आईएमई इलेक्ट्रिकले ई–मोबिलिटीमा अगुवा बन्ने लक्ष्य राखेको र इलेक्ट्रिक टु ह्विलरमा आफूहरु ग्राहकको पहिलो रोजाइ वन्न चाहेको भनाई व्यक्त गरे । साथै उनले राफ्ट स्कुटर पछिल्लो समय निकै लोकप्रिय वन्दै गएको समेत बताए ।

भारतीय व्रान्ड राफ्टको नेपाली बजारमा ६ भन्दा वढी मोडल उपलब्ध छन् । यी स्कुटरले एकपटकको सिंगल चार्जमा ३२० किलोमिरटरसम्म रेन्ज दिने कम्पनीले दावी गरेको छ । कम्पनीका अनुसार राफ्ट इलेक्ट्रिक स्कुटरलाई १ लिटर पेट्रोलको मूल्यले ८ सय किलोमिटरसम्म चलाउन सकिन्छ ।

यी स्कुटरमा फायरपु्रफ ब्याट्री, रिभर्स गियर, हाईट एडजसटेबल शक एव्जर्वर, विभिन्न प्रकारका राइडिङ मोड, फास्ट चार्जिङका लागी १० एम्पियसको चार्जर, कि–लेस स्टार्ट, डीआरएल हेडलाइट, थेफ्ट अलार्म, डिजिटल डिस्प्ले, रिमोट लकिङ, अटोमेटिक चार्जर कट–अफ, इन्डिकेटर बजर, रिजेनेरेटिभ ब्रेकिङ सिस्टम, पोर्टेबल ब्याट्री र अन्य धेरै सुविधाहरू उपलव्ध छन् ।

सम्बन्धित समाचारहरू

चीनले सन् २०३५ सम्म ग्यासोलिन पावर्ड कार फेज आउट गर्ने

चीनले सन् २०३५ सम्म ग्यासोलिन पावर्ड कार फेज आउट गर्ने

चीनले सन् २०३५ सम्म ग्यासोलिन पावरबाट चल्ने सबै कार फेज आउट गर्ने भएको छ ।...

टाटा पन्च ईभी भित्रियो नेपाल, परीक्षण पश्चात नाडा अटो शोमा प्रदर्शन गरिने

टाटा पन्च ईभी भित्रियो नेपाल, परीक्षण पश्चात नाडा अटो शोमा प्रदर्शन गरिने

काठमाडौं – टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

ईभी इजी ट्याक्सीहरुको मोटर बीमा सलिको इन्स्योरेन्सले गर्ने

ईभी इजी ट्याक्सीहरुको मोटर बीमा सलिको इन्स्योरेन्सले गर्ने

काठमाडौं – सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) र सरिना जी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...