अब नयाँ बसपार्कको टिकट कम्प्युटर प्रणालीमार्फत काटिने
काठमाडौँ । हाते कागजमार्फत यात्रुलाई बस टिकट प्रदान गर्दै आएको नेपालको...
काठमाडौं – अविरल वर्षाका कारण देशभरको अवस्था अस्तव्यस्त बनेको छ । यसका कारण देशभरका सडक अवरुद्ध भएका छन् भने विमानस्थलहरु पनि बन्द छन् । गृह मन्त्रालयमा देशभरका सीडीओहरूसँग सुरक्षाबारे छलफल भएको छ । जहाँ उच्च जोखिमयुक्त बस्तीमा सुरक्षा संयन्त्रहरू परिचालन गर्ने निर्णय पनि भएको छ । नेपाली सेनाको टोली पनि आकस्मिक उद्धारका लागि तयारी अवस्थामा राख्ने निर्णय भइरहेको पनि गृहले जनाएको छ ।
यस विषम परिस्थितिलाई मध्यनजर गर्दै नेपाल प्रहरीले मुख्य राजमार्गहरूमा भइरहेको सडक अवरोधसम्बन्धी विस्तृत जानकारीका लागि क्युआर कोड स्क्यान सेवा ल्याएको छ । यात्रु तथा सर्वसाधारणलाई सडकको अद्यावधिक जानकारी उपलब्ध गराउन नेपाल प्रहरीले क्युआर स्क्यानको सुविधा ल्याएको बताइएको छ।
प्रहरी प्रधान कार्यालयबाट जारी सूचना अनुसार यात्रुहरूले उक्त क्युआर कोड स्क्यान गरेर देशभरका सडकको वास्तविक अवस्थाबारे जानकारी लिन सक्नेछन् । यसका साथै, कुनै समस्या परेमा वा थप जानकारी आवश्यक भएमा प्रहरी कन्ट्रोलको निःशुल्क नम्बर १०० मा सम्पर्क गर्न सकिनेछ । विपद् डेस्कका लागि केन्द्रीय प्रहरी परिचालन कक्षको नम्बर ९८५१२८५६३५ पनि उपलब्ध गराइएको छ ।
नेपाल प्रहरीले नागरिकहरूलाई सतर्क रहन र यात्रा गर्नुअघि सडकको अवस्थाबारे जानकारी लिन अनुरोध गरेको छ ।
मौसम विभागका अनुसार, यो अविरल वर्षाको मुख्य कारण बङ्गालको खाडीबाट आएको निम्न चापीय प्रणाली हो, जसले नेपालमा आद्र्र हावाको प्रवाह बढाएको छ । जसकारण हिजो असोज १७ गते बेलुकी देखि असोज २० गते सोमबारसम्म कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशहरूमा मध्यमदेखि भारी वर्षा हुने अनुमान छ, जसमा केही ठाउँमा अत्यधिक वर्षा समेत हुन सक्छ ।
काठमाडौँ । हाते कागजमार्फत यात्रुलाई बस टिकट प्रदान गर्दै आएको नेपालको...
नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको मुख्य सुरुङ आज छिचोलिएको छ । सोमबार...
गलकोट (बागलुङ) । निर्माण व्यवसायीको लापर्वाहीले जीर्ण बनेको यहाँको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...