नेपालमै बनेका दुई इलेक्ट्रिक मोटरसाइकलको मूल्य र फिचर सार्वजनिक
काठमाडौं – नेपालमै बनेका दुई इलेक्ट्रिक मोटरसाइकलको मूल्य सार्वजनिक भएको...
काठमाडौं – नेपाली बजारमा हालै भित्रिएको प्योर ईभीको इलेक्ट्रिक मोटरसाइकल ईट्रिस्टको टेस्ट राइड सम्पन्न भएको छ । गत पुस ७ गते काठमाडौंको नक्सालस्थित प्योर ईभी शोरुमबाट प्रारम्भ भएको सो टेस्ट राइड कलंकी, नौविसे हुँदै नुवाकोटको बट्टार पुगेको थियो ।
त्यसपछि त्रिशुली–नुवाकोट–विदुर र टोखा हुँदै काठमाडौं फर्किएको थियो । सो राइड कार्यक्रममा उक्त मोटरसाइकलले जादा ७५.५ किलोमिटर र फर्किदा ५१.३ किलोमिटर गरी १२६.८ किलोमिटर भन्दा बढी दुरी पार गरेको कम्पनीको दावी छ ।
अफरोड समेत रहेको सो रुटमा सिंगल चार्जमा यति धेरै रेन्ज दिन सफल हुनुलाई नेपालकै ईभी बजारमा निकै नै महत्वपूर्ण मान्न सकिने प्योर ईभीको नेपालका लागि आधिकारिक वितरक ह्वाइट लोटस मोटर्सले जनाएको छ । बाटोमा सर्वसाधारण र इलेक्ट्रिक सवारीप्रति चासो राख्नेहरुले उत्साहपूर्वक सो मोटरसाइकलको वारेमा चासो राखेको समेत कम्पनीको भनाइ छ ।
प्योर इभीले यसमा ३.५ किलोवाट क्षमताको लिथियम आयोन ब्याट्री प्याक र ३.० विएलडिसी मोटर हव जडान गरेको छ । जसको अधिकतम पावर ४.० किलोवाट, टर्क ६० एनएम र टप स्पिड ८५ किलोमिटर रहने जनाइएको छ । ८४ भोल्टको चार्जरले ६ घन्टामा फुल चार्ज गर्न सकिने यो मोटरसाइकलले १४० किलोमिटरसम्मको रेन्ज दिने दाबी गरिएको छ ।
यो मोटरसाइकललाई ड्राइभ, क्रसओभर र थ्रील गरी ३ फरक मोडमा चलाउन सकिन्छ । १६ डिग्रीसम्मको उकालो चढ्न सक्ने यसको ग्राउन्ड क्लियरेन्स १९८ एमएम रहेको छ ।
यो मोटरसाइकलको मूल्य ३ लाख ९९ हजार रुपैयाँ रहेको छ ।
काठमाडौं – नेपालमै बनेका दुई इलेक्ट्रिक मोटरसाइकलको मूल्य सार्वजनिक भएको...
इलेक्ट्रिक पावर स्टेयरिङ एक प्रणाली हो जसले सवारी साधनको पांग्रा वा ह्विल...
अरबौं खर्च गरिएको, धेरै नेतृत्व परिवर्तन भएको र अनगिन्ती अफवाहहरूका साथ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...