नेपाल पश्चात भारतमा लन्च भयो प्योर ईभीको पहिलो इलेक्ट्रिक बाइक इट्रिस्ट३५०

इलेक्ट्रिक टु ह्विल निर्माता कम्पनी प्योर ईभीले आफ्नो पहिलो इलेक्ट्रिक बाइक इट्रिस्ट ३५० लन्च गरेको छ । सो बाइकको एक्स शोरुम मूल्य १ लाख ५४ हजार ९९९ भारु छ ।

नेपाली बजारमा पनि यो बाइक हालै उपलब्ध भइसकेको छ । नेपालका लागि प्योर ईभीको आधिकारिक वितरक ह्वाइट लोटस मोटर्सले सो बाइक ३ लाख ९९ हजार रुपैयाँ मूल्यका साथ बिक्री गरिरहेको छ ।

प्योर इट्रिस्ट३५० इलेक्ट्रिक बाइकमा ३.५ केडब्ल्युएच ब्याट्री जडान गरिएको छ र यसले फुलचार्जमा १४० किलोमिटरको रेन्ज दिन्छ । यो बाइकको टप स्पिड ८५ किमी प्रतिघण्टा रहेको छ ।

सो बाइकले प्रिमियम १५० सीसी बाइकसँग सीधा प्रतिस्पर्धा गर्ने कम्पनीको दाबी छ । यसको ब्याट्रीमा ५ वर्ष वा ५० हजार किलोमिटरको वारेन्टी दिइएको छ ।

यो बाइकमा इकोनोमिकल र हाई परफर्मेन्स मोड दिइएको छ । प्योर इट्रिस्ट३५० इलेक्ट्रिक बाइक ३ रङमा लन्च गरिएको छ । प्योर ईभीले ई–प्लुटो र ई ट्रिस्ट जस्ता इलेक्ट्रिक स्कुटर पनि बिक्री गर्छ ।

सम्बन्धित समाचारहरू

शनिबार र आइतबार केई गाडी टेष्ट ड्राइभ गर्दा आकर्षक उपहार पाइने

शनिबार र आइतबार केई गाडी टेष्ट ड्राइभ गर्दा आकर्षक उपहार पाइने

काठमाडौं – नेपालका लागि केई अटोमोबाइल्सको आधिकारिक विक्रेता लक्ष्मी...

व्यवसायीहरुमा उत्साह : बजेटले ल्यायो विद्युतीय सवारी साधनका लागि यस्ता प्याकेज

व्यवसायीहरुमा उत्साह : बजेटले ल्यायो विद्युतीय सवारी साधनका लागि यस्ता प्याकेज

काठमाडौं – अर्थमन्त्री विष्णुप्रसाद पौडेलद्वारा हिजो सार्वजनिक गरिएको...

नयाँ वर्ष २०८२ को अवसरमा जिहाे ईभी स्कुटरले ल्यायाे  ‘जिहो जिन्दगी’ अफर

नयाँ वर्ष २०८२ को अवसरमा जिहाे ईभी स्कुटरले ल्यायाे ‘जिहो जिन्दगी’ अफर

काठमाडौं – नेपालका लागि सीएफमाेटाे तथा जिहाेकाे आधिकारिक वितरक रिलायन्स...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...