प्योर ईभी ईट्रान्स नियोको खुल्यो बुकिङ, मूल्य २ लाख ४९ हजार

काठमाडौं – भारतीय इलेक्ट्रिक स्कुटर ब्रान्ड प्योर ईभीको ईट्रान्स नियोको फेरि बुकिङ खुलेको छ । नेपालका लागि आधिकारिक वितरक ह्वाइट लोटस मोटर्सले पहिले बिक्री गरेको भए पनि बीचमा सो स्कुटर उपलब्ध नभएकोमा अब फेरि बिक्रीका लागि उपलब्ध हुने बताएको छ ।

ईट्रान्स नियो स्कुटरको मूल्य २ लाख ४९ हजार रुपैयाँ छ । यसमा ६० भोल्ट २.५ किलोवाट आवर क्षमताको पोर्टेबल ब्याट्री प्याक र १.५ किलोवाट नोमिनल र २.२ किलोवाट पिक बिएलडिसी मोटर छ । जसले सिंगल चार्जमा ११६ किलोमिटरको रेन्ज दिन्छ ।

स्कुटरको ब्याट्रीमा ३ वर्ष, तथा मोटर र कन्ट्रोलरमा १/१ वर्षको वारेन्टी र एक वर्षमा ४ पटक सम्म फ्रि सर्भिसिङ कम्पनीको तर्फबाट उपलब्ध गराइने छ ।

इलेक्ट्रिक स्कुटर किन्नका लागि सहज फाइनान्सको समेत व्यवस्था भएको प्योर ईभीको मुख्य सोरुम काठमाडौंको नक्सालमा रहेको छ । त्यसैगरी टेकु र गावहाल तथा उपत्यका वाहिर बुटवल, कावासोती, नारायणघाट, जनकपुर, इटहरी र पोखरामा प्योर ईभीका सोरुम छन् । प्योर ईभीका लागि हाल कम्पनीले काठमाडौं उपत्यका वाहिर विराटनगर, विर्तामोड, वीरगन्ज, नेपालगन्ज, भैरहवा, दाङ, सुर्खेत, बनेपा र काठमाडौं उपत्यकामा समेत विभिन्न स्थानका लागि डिलर आह्वान समेत गरेको छ । कम्पनीले केही दिनमै हेटौंडामा सोरुम सञ्चालन गर्ने बताएको छ ।

सम्बन्धित समाचारहरू

नेपाली सडकमा फेरि देखा प-यो ईकुटर ब्रान्डको स्कुटर, जेरो एमिसन राइडले बिक्री गर्दै

नेपाली सडकमा फेरि देखा प-यो ईकुटर ब्रान्डको स्कुटर, जेरो एमिसन राइडले बिक्री गर्दै

काठमाडौं– केहि वर्षअघि नेपाली बजारमा गुणस्तरीय उत्पादनका रूपमा चिनिएको...

बीवाईडी गाडीको बिक्रेता साइमेक्स इंकद्वारा ११ महिनामा झण्डै १० अर्बको कारोबार

बीवाईडी गाडीको बिक्रेता साइमेक्स इंकद्वारा ११ महिनामा झण्डै १० अर्बको कारोबार

काठमाडौं – बीवाईडी गाडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंककाे...

गोविन्द भट्टराईको विचार : ई–भेइकल निकट भविष्य होइन, सुदूर भविष्य हो

गोविन्द भट्टराईको विचार : ई–भेइकल निकट भविष्य होइन, सुदूर भविष्य हो

आजको मुख्य वातावरणीय मुद्दा र समाधान पनि हो विद्युतीय सवारी साधन अर्थात...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...