प्योर ईभीको इलेक्ट्रिक बाइक नेपाल आउदै, खुल्यो बुकिङ र टेस्ट राइडको अवसर

काठमाडौं – नेपाली बजारमा भारतीय इलेक्ट्रिक ब्रान्ड प्योर ईभीको बाइक ईट्रिस्ट ३५० उपलब्ध हुने भएको छ । नेपालका लागि आधिकारिक वितरक ह्वाइट लोटस मोटर्सले यसको बुकिङ खुला गरेको छ ।

नेपालभरका प्योर ईभीका सोरुममार्फत यसको बुकिङ गर्न सकिने छ । नक्सालस्थित सोरुममार्फत यसको टेस्ट राइड समेत गर्न सकिने सुविधा उपलब्ध छ । बुकिङ गरेका ग्राहकलाई आगामी दुई साताभित्र सो बाइक डेलिभरी गरिने ह्वाइट लोटस मोटर्सले जनाएको छ । यसको मूल्य ३ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

झट्ट हेर्दा पेट्रोलबाट चल्ने मोटरसाइकल जस्तै लाग्ने यसको डिजाइन भविष्यमा आधारित इलेक्ट्रिक मोटरसाइकलको थिममा गरिएको छ । यो बाइकमा ७ इन्चको एलइडी डिजिटल डिस्प्ले, एलइडी हेडल्याम्प र एलइडी डिआरएलएस दिइएको छ । इन्धन ट्याँक रहने स्थानमा चार्जिङ सकेट दिइएको यो मोटरसाइकल एकदमै मस्कुलर देखिएको छ ।

प्योर इभीले यसमा ३.५ किलोवाट क्षमताको लिथियम आयोन ब्याट्री प्याक र ३.० विएलडिसी मोटर हव जडान गरेको छ । जसको अधिकतम पावर ४.० किलोवाट, टर्क ६० एनएम र टप स्पिड ८५ किलोमिटर रहने जनाइएको छ । ८४ भोल्टको चार्जरले ६ घन्टामा फुल चार्ज गर्न सकिने यो मोटरसाइकलले १४० किलोमिटरसम्मको रेन्ज दिने दाबी गरिएको छ । यो मोटरसाइकललाई ड्राइभ, क्रसओभर र थ्रील गरी ३ फरक मोडमा चलाउन सकिन्छ । १६ डिग्रीसम्मको उकालो चढ्न सक्ने यसको ग्राउन्ड क्लियरेन्स १९८ एमएम रहेको छ ।

यो वाइकको दुबै चक्कामा ट्युवलेस र डिस्क ब्रेक दिइएको छ । रिमोटवाटै स्टार्ट गर्न सकिने यसको अगाडी र पछाडी दुबै भागमा हाइड्रोलिक डुअल सस्पेन्सन दिइएको छ । १२० किलो वजन भएको यो बाइकले १६० किलोसम्मको तौल वोक्न सक्ने दाबी गरिएको छ ।

सम्बन्धित समाचारहरू

भारतमा निर्मित टोयोटा कारलाई सेफ्टि टेष्टमा शून्य स्टार रेटिङ

भारतमा निर्मित टोयोटा कारलाई सेफ्टि टेष्टमा शून्य स्टार रेटिङ

भारतमा निर्मित टोयोटा स्टारलेटले ग्लोवल एनक्यापको क्र्यास टेष्टमा शून्य...

आइएमईले ललितपुर महानगरपलिकालाई हस्तान्तरण ग-यो राफ्ट इलेक्ट्रिक स्कुटर

आइएमईले ललितपुर महानगरपलिकालाई हस्तान्तरण ग-यो राफ्ट इलेक्ट्रिक स्कुटर

काठमाडौं – आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई इलेक्ट्रिक प्रालिद्वारा...

ईभी बजारमा चाइनिज एयरलाइनको प्रवेश, चीनमा डेब्यु गर्नु अघि थाइल्यान्डमा लन्च ग-यो पहिलो ईभी

ईभी बजारमा चाइनिज एयरलाइनको प्रवेश, चीनमा डेब्यु गर्नु अघि थाइल्यान्डमा लन्च ग-यो पहिलो ईभी

चाइनिज एयरलाइन जुनयाओ एयरलाइनले चाइनिज घरेलु बजारमा डेब्यु गर्नु अघि...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...