१३५ किलोमिटर रेन्ज दिने अर्को नयाँ वाइक ल्याउँदै प्योर इभी

भारतीय टु ह्विलर इभी निर्माता प्योर इभीले अर्को महिना नयाँ इलेक्ट्रिक मोटरसाइकल लन्च गर्ने भएको छ । कम्पनीले दैनिक कामकाजमा प्रयोग गर्नेहरुलाई लक्षित गरी इको ड्रिफ्ट नामको नयाँ मोडल ल्याउन लागेको हो । यो मोटरसाइकललाई प्योर इभीले भारतमै डिजाइन र डेभलप पछि उत्पादन गरेको हो । यो उक्त व्राण्डका लागी फ्ल्यागसिप मोडल हुने जनाइएको छ ।

यो नयाँ मोटरसाइकलमा प्योर इभी आफैले विकास गरेको एआइएस प्रमाणित व्याट्री जडान गरिएको छ । ३ किलोवाट आवरको उक्त व्याट्री प्याकले एकपटकको फूल चार्जमा १३५ किलोमिटर रेन्ज दिने कम्पनीको भनाई छ । यसलाई ७५ किलोमिटर प्रतिघन्टाको उच्चतम गतिमा हाँक्न सकिन्छ । यो मोटरसाइकल रातो, कालो, निलो र खैरो गरी कुल चारवटा कलरमा उपलब्ध हुनेछ ।

प्योर इभीले हाल इट्रिस्ट ३५० मोडलको मोटरसाइकल बिक्री गर्दै आइरहेको छ । ९० देखी १४० किलोमिटरसम्म रेन्ज दावी गरिएको यो मोटरसाइकलमा ३.५ किलोवाट आवरको व्याट्री जडान गरिएको छ । यसको टप स्पिड ८५ किलोमिटर प्रतिघन्टा रहेको छ । यो मोटरसाइकल नेपाली बजारमा समेत उपलब्ध रहँदै आएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...