बजाजका ४०० सीसी र २५० सीसी बाइकमा ५ हजार मात्र फरक : फाइनान्स जात्राले झन सहज
काठमाडौं – नेपाली बजारमा बिक्री भइरहेका बजाजका दुई मोटरसाइकल डोमिनार ४००...
बजाजले केही दिनदेखि आफ्नो आगामी फ्ल्यागशिप पल्सर मोटरसाइकल एनएस४०० को टिजर जारी गरिरहेको छ । हालै कम्पनीको नेकेड स्ट्रिटफाइटर फोटो पनि लिक भएको थियो । लन्च हुनु पहिले नै यसको तसिबर लिक भएको छ ।
लिक भएको एनएस४०० को फोटोमा फ्रन्ट फेसिया पल्सर एन२५०मा जस्तै एलईडी प्रोजेक्टर हेडल्याम्प पोड र एनएस२०० को थन्डरबोल्ट स्ट्राइक जस्तो भर्टिकल एलईडी डेटाइम रनिङ लाइट देख्न सकिन्छ । यसको मूल्य २ लाख भारु भन्दा बढी हुने अपेक्षा गरिएको छ ।
पहिले लिक भएको फोटोमा एन२५० र एनएस२०० समान बडी ग्राफिक्स देखिन्थ्यो भने हाल लिक भएको फोटोमा ग्राफिकल नभएको रातो बडी प्याटर्न देख्न सकिन्छ । यसमा मस्कुलर फ्युल ट्याङ्की र ४१ एमएम अपसाइड–डाउन फ्रन्ट फोर्कलाई ध्यान दिन लायक छ ।
यसमा बेली प्यान, चौडा सिंगल पिस ह्यान्डलबार, शार्प एलईडी टर्न इन्डिकेटर, ब्ल्याक–फिनिश इन्जिन र इन्धन ट्यांक् एक्सटेन्सन जस्ता विशेषताहरु छन् । बजाज पल्सर एनएस४०० स्ट्यान्डर्ड ड्युअल च्यानल एबीएस सिस्टमले सुसज्जित हुनेछ जसले ३ वटा एबीएस मोडको साथ फ्रन्ट र रियर डिस्क ब्रेक सपोर्ट गर्छ ।
यसका साथै यसमा ट्रयाक्सन कन्ट्रोल, ब्लुटुथ कनेक्टिभिटी र नेभिगेसनको सुविधा सहित अल डिजिटल इन्ट्रयुमेन्ट क्लस्टर समावेश हुनेछ । यसमा डोमिनार ४००, केटीएम ३९० एड्भेन्चर र ३९० आरसी जस्ता मोडलसँग साझेदारी गरिएको ३७३.२ सीसी लिक्विड कुल्ड डिओएचसी फ्युल इन्जेक्टेड इन्जिन हुने अपेक्षा गरिएको छ । यसको पावरट्रेनलाई स्लिपर र असिस्ट क्लचको स्ट्यान्डर्ड फिटमेन्टसहित ६ स्पिड ट्रान्समिसनमा जोडिनेछ ।
काठमाडौं – नेपाली बजारमा बिक्री भइरहेका बजाजका दुई मोटरसाइकल डोमिनार ४००...
बजाज र ट्रायम्फले सहकार्य गरी उत्पादन गरेका दुई नयाँ मोटरसाइकल सार्वजनिक...
बजाज अटोले आफ्नो इलेक्ट्रिक स्कुटर चेतक इलेक्ट्रिकको मूल्यमा भारी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...