१ लाख ८५ हजारमा लन्च भयो सबैभन्दा शक्तिशाली पल्सर, के–के छन् विशेषता ?

काठमाडौं– बजाज अटोले अहिलेसम्मकै सबैभन्दा शक्तिशाली पल्सर एनएस ४०० जेड सार्वजनिक गरेको छ । बाइकको मूल्य १ लाख ८५ हजार भारु तोकिएको छ ।

स्ट्राइक हेडल्याम्पको साथ स्पोर्टी डिजाइनमा तयार पारिएको सो बाइकमा थन्डरबोल्ट शैलीको एलईडी डिआरएलएस र प्रोजेक्टर लाइट रहेको छ । सो नयाँ बाइकमा मस्कुलर फ्युल ट्यांक, ट्यांकको दुबै साइडमा एनएस डिकल, टु पिस स्टेप सिट र ४०० डिकल भएको सानो चिन फेयरिङ दिइएको छ ।

बाइकमा ब्लुटुथ कनेक्टिभिटी सपोर्ट गर्ने डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल जडान गरिएको छ । जहाँ राइडरले आफ्नो स्मार्टफोनलाई कनेक्ट गरी टर्न–बाई–टर्न नेभिगेसन, आगमन कल, मिस्ड कल र एसएमएस अलर्टहरू जस्ता सुविधाहरू प्रायोगमा ल्याउन सक्छन् ।

यसमा चारवटा राइड मोडहरु रोड, रेन, स्पोर्ट र अफ–रोड दिइएको छ । साथै स्वीच गर्न मिल्ने ट्रयाक्सन कन्ट्रोल र डुअल च्यानल एबीएस समेत पाउन सकिन्छ । सो नयाँ बाइकमा ४३ एमएमको अपसाइड–डाउन फोर्क र एड्जस्टेवल प्रिलोडका साथ ग्यास चार्ज गरिएको मोनो–शक सस्पेन्सन दिइएको छ ।

बजाजले यसमा डोमिनार ४०० मा जडान गरिएको ३७३ सिसी इन्जिन उपलब्ध गराएको छ । उक्त इीन्जनले ८ हजार ८०० आरपिएममा ३९.४ बिएचपी पावर र ६ हजार ५०० आरपिएमममा ३५ एनएम टर्क जेनेरेट गर्दछ । इन्जिनलाई असिस्ट र स्लिपर क्लच मार्फत ६ स्पीड गियरबक्ससँग जोडिएको छ ।

सम्बन्धित समाचारहरू

चर्चामा पल्सर एनएस ४०० जेड, यस्तो छ मूल्य र फिचर

चर्चामा पल्सर एनएस ४०० जेड, यस्तो छ मूल्य र फिचर

काठमाडौं– नेपाली बजारमा सर्बाधिक सफल मोटरसाइकलका रुपमा परिचित बजाज...

यी हुन् तत्काल मूल्य वृद्धि हुने मोटरसाइकल तथा स्कुटर, एउटै मोडलमा ४० हजार सम्म बढ्ने

यी हुन् तत्काल मूल्य वृद्धि हुने मोटरसाइकल तथा स्कुटर, एउटै मोडलमा ४० हजार सम्म बढ्ने

काठमाडौं – सरकारले ल्याएको प्रतिस्थापन आर्थिक बिधेयकले सर्बाधिक खपत हुने...

फर्केर हेर्दा २०७७ : भर्चुअल लन्चको वर्ष

फर्केर हेर्दा २०७७ : भर्चुअल लन्चको वर्ष

विक्रम संवत २०७७ सकिदै छ । वर्ष २०७७ लाग्दै गर्दा विश्वभर कोरोना भाइरसकेको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...