पल्सर सिरिजका २ नयाँ मोटरसाइकल नेपाली बजारमा

बजाज मोटरसाइकलको नेपालको लागि आधिकारिक बिक्रेता हंशराज हुलासचन्द एन्ड कम्पनी प्रालिले पल्सर सिरिजका २ नयाँ मोडल सार्वजनिक गरेको छ । हिँजो एक कार्यक्रमका विच पल्सर एन २५० र एन १६० सार्वजनिक गरिएको हो ।
उत्कृष्ट पावर र पर्फर्मेन्स युक्त स्पोर्टि लुक भएका यी वाइकको डिजाइन युवा पुस्तालाई लक्षित गरी गरिएको कम्पनीले जनाएको छ ।

कार्यक्रममा वोल्दै गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले नेपालमा लन्च भएदेखि नै पल्सर बाइकले बाइकिङ क्षेत्रमा नयाँ मापदण्ड खडा गरेको बताए । उनले भने, ‘७० भन्दा बढी देशहरुमा गरेर पल्सर विश्वव्यापी रुपमै सर्वाधिक रुचाइएको ब्रान्ड भएको छ । र फेरी पनि यही सिलसिलालाई कायम राख्दै पल्सरले २ वटा बाइकहरु लन्च गरेको छ जसले बाइकिङ
क्षेत्रको लागि फेरी नयाँ मापदण्ड खडा गर्नेछन् ।’

पल्सर एन २५०
मोडर्न एरो डाइनामिक डिजाइन र शार्प युनिबडी जेस्चर भएको पल्सर एन २५० हेर्दा अत्यन्तै आकर्षक देखिन्छ । यसको स्याटन ग्रे फिनिश एग्जस्ट र चौडा टायरहरुले यसलाई झनै स्पोर्टि र स्टाइलिश लुक दिएको छ । नयाँ स्पोर्टस टेक थिममा डिजाइन गरिएको यो बाइकमा प्रयोग गरिएको नयाँ प्रिमियम मेटालीक कलरले पनि बाइकको स्कल्प्चरल प्युरिटीलाई हाइलाइट गरेको छ ।

अगाडिदेखि पछाडिसम्म विस्तारै हल्का कम हुँदै गएको टोनले गर्दा यसलाई जती हेरे पनि फ्रेश देखिन्छ । साइड कभर र ट्यान्क साइडको स्याटन ब्ल्याक फिनिशले ट्यान्कको मेटालिक ग्लसलाई मजासँग कम्प्लिमेन्ट गरेको छ । त्यस्तै एन्जिन कभरमा प्रयोग गरिएको डिप कपरले यसलाई झनै आकर्षक देखाएको छ ।

सबैभन्दा शक्तिशाली १५० सिसी देखि लिएर एन एस २०० को पावरसम्म आउँदा पल्सर सदैव सबैभन्दा फास्टेस्ट बाइक हो । यसको २५० सिसि को डिटिएस्आइ आयल कुल्ड एनजिनले २४.५ को पिएसको पावर र २१.५ एनएमको टर्क र साथसाथै यसको सिग्नेचर १० सेकेन्ड अड्रेनलिन रश पनि दिन्छ । साथै यसको निम्बल फुटेड ह्यान्ड्लिङ र सुविधाजनक मिड रेन्जले हरेक दिनको बाइक राइड सजिलो बनाउँछ ।

पल्सर एन् १६०
पल्सर २५० कै प्ल्याटफर्म प्रयोग गरेर बनाइएको यो पल्सर एन १६० मा डुअल च्यानल एबिएस्सिस्टम प्रयोग गरिएको छ जुन यो भन्दा अगाडिको मोडलहरुमा प्रयोग गरिएकोथिएन । साथै यसमा १६५ सिसि विएस६ एन्जिन, एलइडि प्रोजेक्टर हेड्ल्याम्प रहेका छन् । यस अघि कहिल्यै नभएको पावर, प्रेसिजन र कन्ट्रोल प्रदान गर्ने हिसाबले यस बाइकको डिजाइन गरिएको कम्पनीले जनाएको छ । स्पोर्टि लुक भएको र हरेक दिन चलाउन मिल्ने बाइक खोजिरहेका युवा पुस्तालाई यो बाइक मन पर्ने विश्वास गरिएको छ ।

यसमा जडान गरिएको इन्जिनले अधिकतम १६ पिएस को पावर र १४.६५ एनएमको टर्क निकाल्न सक्छ । सुधारिएको पिकअपको लागि ८५ प्रतिशतसम्म पिक टर्क उपलब्ध रहेको कम्पनीले दावी गरेको छ । यसले ४ भल्भ एन्जिन भएको पल्सर एनएस १६० सिसि भन्दा १.२ बिएचपि कम पावर निकाल्छ । यसमा ५ स्पिडको गियर बक्स छ । मोनो शक रियर सस्पेन्सन, एलइडि प्रोजेक्टर हेड ल्याम्प, अन्डर बेली एग्जस्ट सिस्टम युक्त यो बाइक ट्युबुलर फ्रेम च्यासिसमा बनाइएको छ ।

साथै यसमा पल्सर एन २५० कै जस्तै फ्यूल ट्यान्क एक्स्टेन्सन, स्प्लिट सिट, एलोइ व्हिल र टेल लाइट राखिएको छ ।
यसको डुअल च्यानल एबिएस भर्सन व्रुक्लिन ब्ल्याक शेडमा उपलब्ध छ। यसमा ३०० एमएम फ्रन्ट डिस्क र २३० एमएमको रियर डिस्क रहेको छ । साथै यसमा यु ईशा्बि चार्जिङ पोर्ट, १४ लिटरको फुएल ट्यान्क र गियर पोजिसन, समय, फुएल एकोनोमी र पेट्रोल खपत देखाउने डिजिटल एनालग इन्स्ट्र्यूमेन्ट पनि रहेको छ ।

नेपाली बजारमा यी बाइकहरुको मुल्य क्रमश ४ लाख ९० हजार र ३ लाख ८० हजार रुपैयाँ निर्धारण गरिएको छ ।

सम्बन्धित समाचारहरू

बजाजले सार्वजनिक ग-यो पल्सर एफ२५० र एन२५०, यस्तो छ मूल्य र फिचर

बजाजले सार्वजनिक ग-यो पल्सर एफ२५० र एन२५०, यस्तो छ मूल्य र फिचर

भारतीय बजारमा बजाजले २५० सीसी पल्सर सिरिजका दुई मोटरसाइकल सार्वजनिक गरेको...

यस्तो छ हालै सार्वजनिक बजाजको नयाँ मोटरसाइकल पल्सर एन२५० का ५ विशेषता

यस्तो छ हालै सार्वजनिक बजाजको नयाँ मोटरसाइकल पल्सर एन२५० का ५ विशेषता

भारतको दिग्गज टु ह्विलर कम्पनी बजाज अटोले बजाज पल्सर २५० रेन्जमा दुई...

बजाज चेतकको नयाँ भेरिएन्ट आउँदै, मूल्य सस्तो हुने

बजाज चेतकको नयाँ भेरिएन्ट आउँदै, मूल्य सस्तो हुने

बजाज अटोले चेतकको सस्तो भेरिएन्ट लन्च गर्ने योजना बनाएको छ । बाजजले हाल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...