पल्सर एन १५० को बिक्री सुरु हुँदै, के–के छन् विशेषता ?

काठमाडौं– पल्सर सिरिज अन्तर्गतको नयाँ मोडल एन१५० नेपाल आउने भएको छ । बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले अवको केही साताभित्र सो नयाँ मोटरसाइकल लन्च गर्ने तयारी गरेको हो ।

भारतिय बजारमा लन्च भएर केही समयपछि बन्द भएको पी १५० मोडलमा आधारित सो नयाँ मोटरसाइकलमा थुप्रै नयाँ फिचर दिइएको छ । इन्जिन पी १५० कै भएपनि यसको ग्राफिक्स भने एन १६० बाट लिइएको छ ।

सो नयाँ मोटरसाइकलमा बजाजले १४९.६८ सिसी क्षमताको बिएस६ इन्जिन जडान गरेको छ । उक्त ईन्जिनले अधिकतम १४.५ पिएस पावर र १३.५ एनएम टर्क जेनेरेट गर्दछ ।

एयर कुल्ड सिस्टम दिइएको मोटरसाइकललाई सेल्फ र किक दुबै तरिकाले स्टार्ट गर्न सकिन्छ । ५–स्पिड गियर वक्स भएको एन १५० लाई ११५ किलोमिटर प्रतिघण्टाको उच्च गतिमा हाँक्न सकिने दावी छ ।

नेकेड स्पोर्ट सेग्मेन्टको सो नयाँ मोटरसाइकलमा सिंगल च्यानल एबिएस, एलइडी डिआरएलएस सहितको प्रोजेक्टर हेडल्याम्प, ट्विन एलइडी टेल ल्याम्प, नयाँ डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, यूएसवी चार्जर, अन्डर बेली एक्जस्ट, सिंगल पीस ह्यान्डलबार, सिंगल पिस सिट सेटअप र टेलिस्कोपिक एण्ड फर्क सस्पेन्सन लगायत फिचर उपलब्ध छ ।

यो नयाँ मोटरसाइकलले प्रति लिटर पेट्रोलको खपतमा ४५ किलोमिटर माइलेज दिने दावी गरिएको छ । साथै यसको ग्राउन्ड क्लिरियन्स १६५ एमएम र सिट हाईट ७९० एमएम छ ।

सम्बन्धित समाचारहरू

फ्याक्ट्री फिटेड एसेसरिजको साथमा बजाज डोमिनार ४०० को अपडेटेड भर्सन लन्च

फ्याक्ट्री फिटेड एसेसरिजको साथमा बजाज डोमिनार ४०० को अपडेटेड भर्सन लन्च

बजाज अटोले पावरफुल बाइक बजाज डोमिनार ४०० को अपडेटेड मोडल भारतमा लन्च गरेको...

पल्सर एन१६० र एन२५० को खुल्यो बुकिङ, यस्तो छ मूल्य

पल्सर एन१६० र एन२५० को खुल्यो बुकिङ, यस्तो छ मूल्य

काठमाडौं – बजाज पल्सर एन१६० र एन२५० को बुकिङ खुल्ला गरिएको छ । नेपालका लागि...

दमदार सेफ्टी र माइलेजसहित बजाजले फेरि ल्यायो एभेन्जरको नयाँ मोडल

दमदार सेफ्टी र माइलेजसहित बजाजले फेरि ल्यायो एभेन्जरको नयाँ मोडल

बजाजले आफ्नो लोकप्रिय क्रुजर बाइक एभेन्जर २२० स्ट्रिट लन्च गरेको छ । यो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...