पल्सर एन १५० को बिक्री सुरु हुँदै, के–के छन् विशेषता ?

काठमाडौं– पल्सर सिरिज अन्तर्गतको नयाँ मोडल एन१५० नेपाल आउने भएको छ । बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले अवको केही साताभित्र सो नयाँ मोटरसाइकल लन्च गर्ने तयारी गरेको हो ।

भारतिय बजारमा लन्च भएर केही समयपछि बन्द भएको पी १५० मोडलमा आधारित सो नयाँ मोटरसाइकलमा थुप्रै नयाँ फिचर दिइएको छ । इन्जिन पी १५० कै भएपनि यसको ग्राफिक्स भने एन १६० बाट लिइएको छ ।

सो नयाँ मोटरसाइकलमा बजाजले १४९.६८ सिसी क्षमताको बिएस६ इन्जिन जडान गरेको छ । उक्त ईन्जिनले अधिकतम १४.५ पिएस पावर र १३.५ एनएम टर्क जेनेरेट गर्दछ ।

एयर कुल्ड सिस्टम दिइएको मोटरसाइकललाई सेल्फ र किक दुबै तरिकाले स्टार्ट गर्न सकिन्छ । ५–स्पिड गियर वक्स भएको एन १५० लाई ११५ किलोमिटर प्रतिघण्टाको उच्च गतिमा हाँक्न सकिने दावी छ ।

नेकेड स्पोर्ट सेग्मेन्टको सो नयाँ मोटरसाइकलमा सिंगल च्यानल एबिएस, एलइडी डिआरएलएस सहितको प्रोजेक्टर हेडल्याम्प, ट्विन एलइडी टेल ल्याम्प, नयाँ डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, यूएसवी चार्जर, अन्डर बेली एक्जस्ट, सिंगल पीस ह्यान्डलबार, सिंगल पिस सिट सेटअप र टेलिस्कोपिक एण्ड फर्क सस्पेन्सन लगायत फिचर उपलब्ध छ ।

यो नयाँ मोटरसाइकलले प्रति लिटर पेट्रोलको खपतमा ४५ किलोमिटर माइलेज दिने दावी गरिएको छ । साथै यसको ग्राउन्ड क्लिरियन्स १६५ एमएम र सिट हाईट ७९० एमएम छ ।

सम्बन्धित समाचारहरू

पल्सर एनएस अब १२५ सीसीमा सार्वजनिक, मूल्य र बिशेषता यस्तो

पल्सर एनएस अब १२५ सीसीमा सार्वजनिक, मूल्य र बिशेषता यस्तो

भारतीय बजारमा आज पल्सर एनएस १२५ सार्वजनिक गरिएको छ । पल्सर सिरिजको...

यस्तो छ हालै सार्वजनिक बजाजको नयाँ मोटरसाइकल पल्सर एन२५० का ५ विशेषता

यस्तो छ हालै सार्वजनिक बजाजको नयाँ मोटरसाइकल पल्सर एन२५० का ५ विशेषता

भारतको दिग्गज टु ह्विलर कम्पनी बजाज अटोले बजाज पल्सर २५० रेन्जमा दुई...

प्रिमियम फिचरले सुसज्जित पल्सर एन१६० को नयाँ भेरिएन्ट लन्च

प्रिमियम फिचरले सुसज्जित पल्सर एन१६० को नयाँ भेरिएन्ट लन्च

बजाजले आफ्नो लोकप्रिय मोडल पल्सर एन १६० को नयाँ भेरिएन्ट लन्च गरेको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...