इलेक्ट्रिक दुई–पाङ्ग्रे बजार टीभीएस र बजाजको कब्जामा, बजार हिस्सा ५० प्रतिशतभन्दा बढी
काठमाडौं–भारतको इलेक्ट्रिक दुई–पाङ्ग्रे बजारमा टीभीएस र बजाजले कुल...
काठमाडौँ – बजाजले पल्सरको २५ वर्षे गौरवपूर्ण यात्राको अवसरमा विश्वव्यापी #MyPulsarStory अभियान सुरु गरेको छ ।
यस अभियानमार्फत नेपालसहित विश्वभरका राइडर, कन्टेन्ट क्रिएटर र पल्सर ग्राहकहरूलाई पल्सरसँग जोडिएका आफ्ना वास्तविक तथा प्रेरणादायी अनुभवहरू साझा गर्न आह्वान गरिएको छ ।
सहभागीहरूले भिडियो, फोटो, संगीत वा एआई सामग्रीमार्फत आगामी सेप्टेम्बर ४, २०२६ भित्र #MyPulsarStory ह्यासट्याग प्रयोग गरी @mypulsarofficial र @pulsarnepal लाई ट्याग गरेर आफ्ना कथा प्रस्तुत गर्न सक्नेछन् ।
यस अभियानअन्तर्गत प्रत्येक हप्ता छनोट हुने विजेताले ५०० अमेरिकी डलर बराबरको उपहार पाउनेछन् भने सहभागी प्रत्येक देशबाट एक जना भाग्यशाली राइडरले पल्सर एनएस४००जेड जित्ने अवसर प्राप्त गर्नेछन् ।
उत्कृष्ट कथाहरूलाई पल्सरका विश्वव्यापी सामाजिक सञ्जालमा समेत प्रस्तुत गरिने कम्पनीले जनाएको छ । यससम्बन्धी थप विवरण तथा नियमहरू एचएच बजाज नेपालको आधिकारिक वेबसाइटमा उपलब्ध गराइएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...