बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
पल्सर २२० पनि नयाँ सेड सहितको कलरमा आउने भएको छ । २०२१ पल्सर २२०एफ अब फ्रेस मुनह्वाइट र मेट ब्ल्याक कलर अप्सनमा उपलब्ध हुने भएको छ ।
ह्वाइट सेडमा ट्यांकी, सेमी फेयरिङ, रियर काउल र इन्जिन अन्डरबेली सबैमा मेट ह्वाइट बेस पेन्ट हुनेछ र ब्ल्याक तथा रेड कलर ग्राफिक्स हुनेछ ।
फ्रन्ट मडगार्ड चाहिं कार्बन फाइबर फिनिस सहितको ग्लोसी ब्ल्याक कलरमा हुनेछ । साइड काउल पनि ग्लोसी कार्बन फाइबर फिनिस सहित छ ।
ब्ल्याक कलरको बाइकमा पनि रेड कलर डेकलसहितको मेट ब्ल्याक बेस सेड उपलब्ध छ । ब्ल्याक कलरको अलोय ह्विल रेड कलरको रिम स्ट्रिपसहित छ । एक्जस्ट र इन्जिन दुवैमा ब्ल्याक कलरले फिनिस गरिएको छ । रियर काउलमा नयाँ स्टाइलका साथ २२०–एफ लोगो प्रयोग गरिएको छ ।
बाइकको इन्जिनमा कुनै परिवर्तन गरिएको छैन । यसमा उही २२० सीसीको ट्विन स्पार्क फ्युल इन्जेक्टेड इन्जिन प्रयोग गरिएको छ, जसले २०.४ पीएस पावर र १८.५५ एनएम टर्क जेनेरेट गर्छ ।
बजाजले आधिकारिक रुपमा जानकारी सार्वजनिक नगरे पनि भारतीय डिलरसिपमा यी बाइक देखिन थालेका छन् । नेपाली बजारमा भने यो कलरका बाइक कहिले आउँछ, भन्न सकिदैन ।
यो भन्दा पहिले पल्सर १५० पनि नयाँ आकर्षक कलरमा सार्वजनिक भएको समाचार आएको थियो ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...