५ इन्चको टीएफटी डिस्प्लेसहित आयो नयाँ बजाज पल्सर एनएस४०० जेड
बजाज अटोले पल्सर ब्रान्डको २५औँ वार्षिकोत्सवको अवसर पारेर आफ्नो...
काठमाडौँ–बजाज मोटरसाइकलको नेपालाका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले पल्सर १५० को नयाँ संस्करणमा सार्वजनिक गरेको छ । आधुनिक डिजाइन, उन्नत प्रविधि र उत्कृष्ट कार्यक्षमतासहित आएको नयाँ पल्सर १५० ले नेपाली मोटरसाइकल बजारमा नयाँ उत्साह थप्ने विश्वास कम्पनीले व्यक्त गरेको छ ।
नयाँ संस्करणको पल्सर १५० मा आकर्षक नयाँ ग्राफिक्स, शक्तिशाली एफआई बिएस ६ भि इन्जिन, सिङ्गल च्यानल एबीएस, एलईडी हेडल्याम्प तथा ब्लुटुथ सपोर्ट सहितको फुल डिजिटल जस्ता आधुनिक फिचरहरू समावेश गरिएको छ । यी विशेषताले मोटरसाइकललाई अझ सुरक्षित, स्मार्ट र प्रयोगमैत्री बनाएको कम्पनीको भनाई छ ।
मोटरसाइकलमा प्रयोग गरिएको फ्युल इन्जेक्सन एफआई प्रविधिले राम्रो माइलेज र सहज प्रदर्शन प्रदान गर्ने अपेक्षा गरिएको छ । त्यसैगरी एबिएस प्रणालीले ब्रेकिङलाई अझ सुरक्षित बनाउने जनाइएको छ भने डिजिटल कन्सोलले राइडिङ अनुभवलाई आधुनिक बनाएको छ ।
कम्पनीका अनुसार नयाँ बजाज पल्सर १५० लाई नेपालभरका बजाज अटोका आधिकारिक शोरुममार्फत उपलब्ध गराइएको छ । मोटरसाइकलको प्रारम्भिक मूल्य ३ लाख ५५ हजार ९०० रुपैयाँ तोकिएको छ ।
कम्पनीले बजाजका मोटरसाइकल खरिद गर्न सहज बनाउने उद्देश्य अनुरुप नागरिकताको आधारमै फाइनान्स गर्न सकिने अफर लागु गरेको छ । जसका कारण, पहिले झैँ घरजग्गाको लालपुर्जा, बिजुली वा पानीको बिल, आय स्रोतको प्रमाणपत्र जस्ता कागजात आवश्यक पर्ने छैन । शून्य सर्भिस चार्ज र सरल किस्ताबन्दीमा बाइक लिन चाहने ग्राहकले पनि अन–द–स्पट फाइनान्स गरेर सजिलै मोटरसाइकल प्राप्त गर्नसक्ने बताइएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...