अपडेट भएर आयो पल्सर १२५, मूल्य कति ?

बजाज अटोले पल्सर १२५ को नयाँ संस्करण लन्च गरेको छ । अपडेट गरेर ल्याइएको सो मोटरसाइकलको २०२६ मोडललाई सिंगल र स्प्लिट सिट भर्सनमा उपलब्ध गराइएको हो । जसको मूल्य क्रमशः ८९ हजार ९१० र ९२ हजार ०४६ भारु निर्धारण गरिएको छ ।

अपडेट गरिएको पल्सर १२५ मा एकीकृत एलईडी डीआरएल, नयाँ टर्न इन्डिकेटर र फ्रेस ग्राफिक्स सहितको नयाँ एलईडी हेडल्याम्प रहेको राखिएको छ । बाइकमा शार्प ट्याङ्क एक्सटेन्सन, चिन फेयरिङ, साँघुरो टेल सेक्सन र रियर टायर हगर दिइएको छ ।

बाइकमा उहि पुरानै १२४.४ सीसी, सिंगल–सिलिन्डर इन्जिन जडान गरिएको छ, जसले ११.६ बीएचपी पावर र १०.८ एनएम टर्क जेनेरेट गर्दछ । इन्जिनलाई ५ स्पीड गियरबक्ससँग जोडिएको छ ।

अगाडि परम्परागत टेलिस्कोपिक फोर्क र पछाडि डुअल शक अब्जर्बर जडान गरिएको सो नयाँ मोडलमा अव स्ट्यान्डर्डका रुपमा दुबै चक्कामा डिस्क ब्रेक पाउन सकिन्छ भने आकर्षक अलोय ह्वील समेत दिइएको छ ।

सम्बन्धित समाचारहरू

एभेन्जर २२० क्रुजबाहेक बजाजका सबै बाइक नेपालमै एसेम्बल, यस्तो छ मूल्य सूची

एभेन्जर २२० क्रुजबाहेक बजाजका सबै बाइक नेपालमै एसेम्बल, यस्तो छ मूल्य सूची

काठमाडौं – नेपाली बजारमा बिक्री हुने बजाजका १८ मोडलका बाइक मध्ये एउटा बाइक...

स्पिड फेस्ट २०२५ सम्पन्न, लन्च गरियो बजाज पल्सर एन २५०

स्पिड फेस्ट २०२५ सम्पन्न, लन्च गरियो बजाज पल्सर एन २५०

काठमाडौं – नेपालकै सबैभन्दा ठूलो बाइक उत्सव स्पिड फेस्ट २०२५ शनिबार एलिस...

पल्सर एनएस अब १२५ सीसीमा सार्वजनिक, मूल्य र बिशेषता यस्तो

पल्सर एनएस अब १२५ सीसीमा सार्वजनिक, मूल्य र बिशेषता यस्तो

भारतीय बजारमा आज पल्सर एनएस १२५ सार्वजनिक गरिएको छ । पल्सर सिरिजको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...