पल्सर ‘१०० एनएस कम्युनिटी राइड’ सम्पन्न

काठमाडौं– बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता कम्पनी हंशराज हुलासचन्द एण्ड कम्पनीले बजाज पल्सर ‘१०० एनएस राइड’ सम्पन्न गरेको छ । कम्पनीले १०० वटा बिरुवा रोप्ने उद्धेश्यको साथ सगरमाथा र जनकपुर क्षेत्रका ग्राहकहरुलाई समेटेर १०० एनएस राइड आयोजना गरेको हो ।

कम्पनीले विश्व सिमसार दिवसको अवसर पारेर गरेको उक्त राइड कार्यक्रममा उदयपुर कटारीमा रहेको सिसाघारी सिमसार क्षेत्रमा १०० भन्दा धेरै फलफूलको बिरुवा वृक्षारोपण गरेको छ ।

१०० भन्दा धेरै एनएस ग्राहकहरु सहभागी यो राइडमा जनकपुर, धनुषाधाम, यदुकुवा, जलेश्वर, मिर्चैया, गोलबजार, राजविराज, बर्दिबास, गाइघाट, लहानलगायतका विभिन्न स्थानका राइडरहरु सहभागी रहेका थिए । उक्त कार्यक्रममा सहभागी सबै राइडरहरुले उत्साहका साथ वृक्षारोपण गर्नुका साथै विभिन्न मनोरञ्जनात्मक खेलहरुमा भाग लिएका थिए ।

विभिन्न खेलका विजेताहरुलाई कम्पनीले उपहारस्वरुप फुल हेलमेट प्रदान गरेको थियो । उक्त राइडमा ५० वर्षभन्दा बढि उमेर समहुका राइडरहरुको समेत सहभागिता रहेको थियो भने महिला राइडरको समेत सहभागिता रहेको थियो ।

‘१०० एनएस राइडर्सको एउटै उद्धेश्य’ भन्ने मूल नाराका साथ आयोजना गरेको यो कार्यक्रम नेपालको सबैभन्दा ठुलो कम्यूनिटी राइड भएको कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचारहरू

ट्रायम्फको नयाँ ३५० सीसी मोटरसाइकल आउने, रोयल इन्फिल्ड र होन्डासँग प्रतिस्पर्धा हुने

ट्रायम्फको नयाँ ३५० सीसी मोटरसाइकल आउने, रोयल इन्फिल्ड र होन्डासँग प्रतिस्पर्धा हुने

ट्रायम्फ मोटरसाइकल र बजाज अटोले संयुक्त रूपमा भारतमा नयाँ ३५० सीसी...

बजाजले ३५० सीसी सेगमेन्टमा नयाँ बाइक ल्याउने, रोयल इन्फिल्डसँग प्रतिस्पर्धा हुने

बजाजले ३५० सीसी सेगमेन्टमा नयाँ बाइक ल्याउने, रोयल इन्फिल्डसँग प्रतिस्पर्धा हुने

बजाजले ३५० सीसी सेगमेन्टमा रोयल इन्फिल्डसँग प्रतिस्पर्धा गर्न बेलायतको...

१२५ सीसी सेगमेन्टमा पल्सर सिरिजको नयाँ प्रिमियम बाइक लन्च गर्ने अन्तिम तयारीमा बजाज

१२५ सीसी सेगमेन्टमा पल्सर सिरिजको नयाँ प्रिमियम बाइक लन्च गर्ने अन्तिम तयारीमा बजाज

बजाज अटोले १२५ सीसी सेगमेन्टमा नयाँ बाइक लन्च गर्ने तयारी गरिरहेको छ । सो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...