पल्सर ‘१०० एनएस कम्युनिटी राइड’ सम्पन्न

काठमाडौं– बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता कम्पनी हंशराज हुलासचन्द एण्ड कम्पनीले बजाज पल्सर ‘१०० एनएस राइड’ सम्पन्न गरेको छ । कम्पनीले १०० वटा बिरुवा रोप्ने उद्धेश्यको साथ सगरमाथा र जनकपुर क्षेत्रका ग्राहकहरुलाई समेटेर १०० एनएस राइड आयोजना गरेको हो ।

कम्पनीले विश्व सिमसार दिवसको अवसर पारेर गरेको उक्त राइड कार्यक्रममा उदयपुर कटारीमा रहेको सिसाघारी सिमसार क्षेत्रमा १०० भन्दा धेरै फलफूलको बिरुवा वृक्षारोपण गरेको छ ।

१०० भन्दा धेरै एनएस ग्राहकहरु सहभागी यो राइडमा जनकपुर, धनुषाधाम, यदुकुवा, जलेश्वर, मिर्चैया, गोलबजार, राजविराज, बर्दिबास, गाइघाट, लहानलगायतका विभिन्न स्थानका राइडरहरु सहभागी रहेका थिए । उक्त कार्यक्रममा सहभागी सबै राइडरहरुले उत्साहका साथ वृक्षारोपण गर्नुका साथै विभिन्न मनोरञ्जनात्मक खेलहरुमा भाग लिएका थिए ।

विभिन्न खेलका विजेताहरुलाई कम्पनीले उपहारस्वरुप फुल हेलमेट प्रदान गरेको थियो । उक्त राइडमा ५० वर्षभन्दा बढि उमेर समहुका राइडरहरुको समेत सहभागिता रहेको थियो भने महिला राइडरको समेत सहभागिता रहेको थियो ।

‘१०० एनएस राइडर्सको एउटै उद्धेश्य’ भन्ने मूल नाराका साथ आयोजना गरेको यो कार्यक्रम नेपालको सबैभन्दा ठुलो कम्यूनिटी राइड भएको कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचारहरू

बजाज पल्सर एन१५० र एन१६० अपडेट हुँदै, टिजर सार्वजनिक

बजाज पल्सर एन१५० र एन१६० अपडेट हुँदै, टिजर सार्वजनिक

बजाजले सामाजिक सञ्जालमा आफ्नो आगामी बाइक पल्सर एन१५० र एन१६० को टिजर शेयर...

पटक पटक बढेको मूल्यमा फेरि पनि बढ्यो बजाज मोटरसाइकलको मूल्य : ४ हजार देखि १६ हजार सम्म

पटक पटक बढेको मूल्यमा फेरि पनि बढ्यो बजाज मोटरसाइकलको मूल्य : ४ हजार देखि १६ हजार सम्म

काठमाडौं – पटक पटक बढिरहेको बजाज मोटरसाइकलको मूल्य फेरि बढेको छ । नेपालका...

आयो पल्सर एनएस१६० र एनएस२०० को अपडेट मोडल, बन्यो अझै प्रिमियम

आयो पल्सर एनएस१६० र एनएस२०० को अपडेट मोडल, बन्यो अझै प्रिमियम

बजाजले भारतमा एनएस सिरिजका दुई बाइक एनएस१६० र एनएस२०० लाई नयाँ अपडेट...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...