सार्वजनिक यातायातको नवीकरण साउन मसान्त सम्म गर्न सकिने

काठमाडौं – सार्वजनिक यातायातको नवीकरण आगामी साउन मसान्त सम्म गर्न सकिने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सोमबार राजपत्रमा सूचना प्रकाशित गरी सार्वजनिक यातायातको जाँचपास, प्रदूषण जाँचपास र रुट इजाजत पत्रको नवीकरणको म्याद यही साउन मसान्तसम्मका लागि थप गरेको हो ।

राजपत्रमा प्रकाशित सूचना अनुसार २०७८ वैशाख १६ गतेदेखि विभिन्न मितिमा जाँचपास, प्रदूषण जाँचपास र रुट इजाजतपत्रको म्याद सकिएका सार्वजनिक यातायातका साधनहरूले उक्त सुविधा पाउनेछन् ।

सरकारले गत वैशाख १६ गतेदेखि देशका विभिन्न जिल्लामा निषेधाज्ञा लगाएको थियो । निषेधाज्ञाको बेला मानिसहरूको धेरै भीड हुने यातायातलगायतका अधिकांश सरकारी कार्यालयहरू बन्द गरिएका थिए । यातायात कार्यालय त लामो समय बन्द हुँदा कुनै पनि काम भएका थिएन ।

राजधानी र विभिन्न जिल्लाहरुमा समेत पूर्ण रुपमा यातायात सञ्चालनमा आउन नसकेको र साउन लागेपछि सार्वजनिक यातायात सञ्चालनमा केही सहजता भएको कारण साउन मसान्तसम्मको म्याद दिएर नवीकरण गर्न भौतिक मन्त्रालयले सूचना प्रकाशित गरेको हो ।

सम्बन्धित समाचारहरू

निषेधाज्ञा उल्लंघन गर्ने सवारीसाधन प्रहरी नियन्त्रणमा, बेलुका ७ बजेमात्र छाडिने

निषेधाज्ञा उल्लंघन गर्ने सवारीसाधन प्रहरी नियन्त्रणमा, बेलुका ७ बजेमात्र छाडिने

काठमाडौं– काठमाडौं उपत्यकामा आज बिहानैदेखि निषेधाज्ञा लागू भएको छ ।...

तिलोत्तमाका मेयर–उपमेयर चढ्ने गाडीलाई एम्बुलेन्स बनाइयो

तिलोत्तमाका मेयर–उपमेयर चढ्ने गाडीलाई एम्बुलेन्स बनाइयो

रूपन्देहीको तिलोत्तमा नगरपालिकाले मेयर तथा उपमेयर चढ्ने गरेको गाडीलाई...

भोलिदेखि सार्वजनिक सवारी चल्ने, अटोमोबाइल सोरुम र पार्ट्स पसल दैनिक खोल्न पाइने

भोलिदेखि सार्वजनिक सवारी चल्ने, अटोमोबाइल सोरुम र पार्ट्स पसल दैनिक खोल्न पाइने

काठमाडौं – भोलिदेखि काठमाडौं उपत्यका सार्वजनिक सवारी साधन संचालन हुने...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...