बागमती प्रदेशमा बढ्यो सार्वजनिक सवारीको भाडा, यात्रुले ३५ रुपैयाँ सम्म तिर्नु पर्ने

काठमाडौं - बागमती प्रदेश सरकारले सार्वजनिक सवारीको भाडा बढाएको छ । कात्तिक १ गतेदेखि लागू हुने गरेर बागमती प्रदेश भित्र चल्ने सार्वजनिक यातायातको भाडा वृद्धि गरेको हो । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले सार्वजनिक सवारी साधनको भाडामा २३ प्रतिशत भाडा बढाएको छ ।

 काठमाडौं उपत्यकाको हकमा यात्रुले ३५ रुपैयाँसम्म भाडा तिर्नुपर्ने भएको छ  । उपत्यकामा यात्रा गर्ने यात्रुले २० किलोमिटरभन्दा बढीको दूरीमा यात्रा गर्ने यात्रुले ३५ रुपैयाँ भाडा तिर्नुपर्ने छ । यस्तै, २० किलोमिटरसम्मको दूरीमा यात्रा गर्ने यात्रुले ३० रुपैयाँ भाडा तिर्नुपर्ने भएको छ । 

यसका साथै, प्रदेश सरकाले बढाएको नयाँ भाडादरअनुसार १५ किलोमिटरको दूरीभित्र यात्रा गर्ने यात्रुले २८ रुपैयाँ, १० किलोमिटर भित्र यात्रा गर्ने यात्रुले २३ रुपैयाँ र ५ किलोमिटरसम्मको दूरीमा यात्रा गर्ने यात्रुले १८ रुपैयाँ भाडा तिर्नुपर्ने भएको छ । 

समायोजित भाडादर अनुसार अब उपत्यकामा यात्रा गर्ने यात्रुले सबैभन्दा छोटो दूरीमा यात्रा गर्दा कम्तिमा १८ रुपैयाँ भाडा तिर्नुपर्ने भएको छ । यसअघि, सार्वजनिक यातायातले सबैभन्दा छोटो दूरीको यात्रा गर्ने यात्रुसँग न्यूनतम १५ रुपैयाँ लिँदै आएका थिए । यद्यपि, छोटो दूरीको भाडादर भने १३ रुपैयाँ कायम थियो ।

वैज्ञानिक भाडा दर प्रदेशमा तुरुन्त समायोजन गर्न माग गर्दै सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपाल धर्नामा बसेको थियो। सरकारले गत तीन महिना अघि नै २८ प्रतिशत भाडा बृद्धि गरेको थियो। तर, संघीय सरकारको निर्णय प्रदेश सरकारले लागू नगरेको कारण धर्ना बसेका थिए। 

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...